Students and Teachers Forum

सान्जेन गाउँदेखि बसबाट विराटनगर - अपादान कारक घुमफिरमा - अधिकरण कारक साथीलाई - .....

.....

मानिसको राम्रो कामको प्रशंसा गर्नु, अरूको इज्जत गर्नु, गुण र दोषका आधारमा मानिसको आलोचना .....

(क) (ठिक)  (ख) (बेठिक) (ग) (ठिक)  (घ) .....

5. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
धनकुमारीले कृषि विषय पढिन् । कृषिमा स्नातक सकेपछि उनले जागिर खाने विचार गरिनन् । आमाबुबाले छोरीले कृषि विषय पढेपछि राम्रो जागिर खालिन् भन्ने अपेक्षा गरेका थिए तर धनकुमारीलाई जागिरबाट भन्दा आफ्नो पढाइअनुसार गर्ने आधुनिक कृषिबाट नै धेरै राम्रो हुन्छ भन्ने विश्वास थियो । उनले आफ्ना गाउँमा परम्परागत कृषि गर्ने सबै आमाबुवा, दाजुभाइ, दिदीबहिनीलाई आधुनिक प्रणालीअनुसार कृषिको तालिम दिने विचार भएको कुरा बताइन् । धनकुमारीका आमाबुबालाई छोरीको कुरामा विश्वास लाग्यो र खुसी भए ।
आमाबुबाले इन्जिनियर बनाउने अपेक्षा राखे पनि तपाई आफूले पशुविज्ञान पढेर राम्रो गर्न सक्ने कुरा कसरी विश्वास दिलाउनुहुन्छ, कक्षामा मौखिक रूपमा प्रस्तुत गर्नुहोस्। 
 

मैले पशुविज्ञान विषय पढेर त्यस क्षेत्रमा राम्रो काम गर्छु भनेर सम्झाउँछु । आजको समय भनेको सिप .....

6. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
भोजनपछि हाम्रो यात्रा खप्तड क्षेत्रमा प्रवेश गर्छ । खप्तड क्षेत्रका देवदारु वृक्ष आफ्नो छातीमा सङ्केत पाटीमा टाँगेर उभिएका देखिन्छन् । समुद्री सतहबाट १२ हजार फिटको उचाइमा अवस्थित खप्तड क्षेत्रमा रहेका त्रिवेणी, चर्चित भगवती कालिकाको स्थानबाट वरिपरि पर्ने देवस्थल खप्तडका प्रख्यात देवपीठ हुन् । त्रिवेणीबाट सिधै पूर्वतिर विस्तारित निकुञ्ज र सैनिक गुल्मको कार्यालय, त्यसबाट थोरै पूर्वतिर अवस्थित खप्तड दह, दक्षिणतिरको शिखरमा अवस्थित सहस्रेश्वर शिवालय र उत्तरतिरको शिखरमा अवस्थित खप्तडबाबाको आश्रम । खुला आकाशमा उत्तर पूर्वतिर हेर्दा देखिने मानसरोवर क्षेत्रसम्मको रमाइलो हिमाली दृश्य त्यसमाथि प्राकृतिक शैली । लामा लामा नागा फाँट स्थानीय भाषामा पाटन । हरियो भुइँमा राता र पहेँला बुट्टा भरिएका गलैँचाको आकारमा अर्धनिद्रित प्रकृति, अलिकति रमणीय, अलिकति अत्यास, अलिकति शान्ति, अलिकति एकान्त सबैको सम्मिश्रण खप्तड । सैनिक संरक्षण र मृग बनेलका सिकार र सिंहको अभिवृद्धि एउटा रमाइलो समागम । यी सबैको समीकरणमा निरापद अवस्थित खप्तड । मान्छेले निगालाको एउटा लौरो मात्र टेके पनि निकुञ्जको नियम उल्लङ्घन भएको ठान्छ खप्तड । निकुञ्ज वास्तवमा वन्य सम्पदाको भण्डार हो । त्यसको सुरक्षाका निमित्त ६ ओटा चौकी र एउटा सैनिक गुल्मसमेतको व्यवस्था गरिएको छ । यसलाई सम्पदाको रूपमा सुरक्षित गर्न सके लाभ नहुने कुरै छैन ।

(क) उत्तर दिनुहोस् :
(अ) त्रिवेणीको पूर्व र दक्षिणतिर देखिने दृश्य वर्णन गर्नुहोस् ।
(आ) खप्तडलाई के के को सम्मिश्रण भनिएको छ ?
(इ) कस्तो कार्यबाट निकुञ्जको नियम उल्लङ्घन हुन्छ ?
(ई) तपाईंलाई खप्तडको प्राकृतिक सौन्दर्य मन पर्नाका कारण लेख्नुहोस् । 

(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
(अ) उपयुक्त वर्णविन्यास पहिचान गर्नुहोस् :
कार्यालय, कार्यालय, कार्यालय, कार्याल
(आ) 'मान्छेले निगालाको एउटा लौरो मात्र टेक्यो' वाक्यमा रहेका उद्देश्य र
विधेय पहिचान गर्नुहोस् ।
(इ) 'पाटी', 'तिर' शब्दका विभिन्न अर्थ लेख्नुहोस् ।
(ई)अनुच्छेदबाट दुईओटा विभक्ति पहिचान गरी लेख्नुहोस् । 


 

(क) उत्तर दिनुहोस् : (अ)त्रिवेणीको पूर्वतर्फ निकुञ्ज, सैनिक गुल्मको कार्यालय र खप्तड दहको मनोरम .....

बुँदा: १. ४१०० मिटरको उचाइमा रहेको खाम्बोचेनको दृश्य रमाइलो भएपनि खानबस्न असुविधा, २. माथिबाट .....

आदरणीय सभापति महोदय ! प्रमुख अतिथिज्यू, निर्णायक मण्डल, गुरुवर्ग एवम् मेरा प्रतिस्पर्धी तथा .....

वक्तृता कुनै निश्चित विषयमा रहेर आफ्ना मनका विचारलाई श्रोतासमक्ष धाराप्रवाह रूपमा .....

क) व्यक्तित्वको वास्तविक रूप उसको चिन्तन, सोच, आचरण तथा मनको प्रकृति र क्षमता हुनु, ख) .....

(क) विद्यालयमा विद्यार्थीहरू आफ्नो बौद्धिक, शारीरिक, मानसिक शैक्षिक विकासका लागि विभिन्न .....

12. दिइएको वक्तृतांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
वर्तमानमा विद्यालयमा हामीलाई पढाइन्छ, सिकाइन्छ, कक्षाकार्य र गृहकार्य दिइन्छ ।
हामी ती कार्य पूरा गर्दै विद्यालय जीवन बिताउँछौं र सफलताको प्रमाणपत्र लिएर हामी निस्कन्छौं । यसो गर्दा हामीले सूचना र ज्ञान पायौं होला, हाम्रो बौद्धिक व्यक्तित्त्वको विकास भयो होला तर समाजमा समायोजन हुने खालको व्यक्तित्त्व विकास र हामीभित्र रहेको असीमित उर्जालाई उजागर गर्ने काममा हाम्रा विद्यालयले कसरी अभिमुखीकरण गरेका छन्? हामीभित्र रहेको सकारात्मक सोच प्रवर्तन गर्न र आत्मविश्वास जागृत गर्न हाम्रा विद्यालयले कस्तो वातावरण सिर्जना गरेका छन् त? विद्यार्थीको समग्र व्यक्तित्त्व विकासमा विद्यालयको दायित्व के हुनुपर्छ, यसमा व्यापक बहस हुनु जरुरी छ ।
प्रश्नहरूः
(क) वक्तृतांशका अनुसार अहिले कस्तो शिक्षा प्रचलनमा रहेको देखिन्छ ?
(ख) समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास गर्न के गर्नुपर्छ ?

(क) वक्तृतांशमा अहिलेको शिक्षा सौद्धान्तिक ज्ञानसँग मात्र सम्बन्धित रहेको देखिन्छ । .....

13. दिइएको वक्तृतांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
विवेकानन्द भन्छन्, “आफूमा विश्वास राख्नुहोस्, सम्पूर्ण शक्ति तपाईंमा नै छ, यसलाई बाहिर ल्याउनुहोस् ।” विद्यार्थीभित्र रहेका सकारात्मक सोच र शक्तिलाई यसै गरी उजागर गरियोस् । असफलता र गल्तीलाई कमजोरी होइन शिक्षाका रूपमा लिने चेतना अनि विद्यार्थीभित्रको इच्छाशक्तिलाई दरो पार्ने वातावरण सिर्जना होओस् । एउटा कथन छ, “हामी सफलताभन्दा पनि आफ्ना गल्ती र असफलताबाट बढी सिक्छौँ, किनकि गल्ती नै हाम्रा शिक्षक हुन् ।” हो, विद्यार्थीले गल्ती गर्दा दण्ड होइन त्यो गल्तीले तिमीलाई यो पाठ पढायो त्यसैले त्यो तिम्रो शिक्षक हो भनी बताइयोस् । विद्यार्थीमा असीमित तागत छ । त्यस तागतलाई सिर्जना र निर्माणमा प्रयोग गर्ने वातावरण सिर्जना गर्दै व्यक्तित्त्व विकासमा विद्यालय समर्पित होउन् ।


प्रश्नहरू
(क) वक्तृतांशमा किन आफैँमा विश्वास राख्न भनिएको हो ?
(ख) वक्तृतांशमा विफलतालाई किन शिक्षाका रूपमा लिन भनिएको होला?
(ग) विद्यार्थीको व्यक्तित्व विकासमा विद्यालयको भूमिका कस्तो हुनु पर्छ ?
(घ) गल्ती कसरी शिक्षक हुन सक्छ, तर्क दिनुहोस् ।

(क) सम्पूर्ण शक्ति आफैँभित्र रहने भएकाले बक्तृतांशमा आफैँमा विश्वास राख्न भनिएको हो । (ख) .....

(क) वक्तृतामा कार्यक्रमको अध्यक्षता गर्ने व्यक्ति विद्यालयका प्रधानाध्यापक र कार्यक्रमको .....

व्यक्तित्व भनेको व्यक्तिभित्र रहेको गुणको त्यो समूह जसले कुनै व्यक्तिलाई अर्को वा दोस्रो .....

सभाध्यक्ष - बक्तृत्वकला प्रतियोगितामा सभाध्यक्षले आफ्नो मन्तव्य राखे ।  उत्कृष्ट - .....

विनाश - विकास ऋणात्मक - धनात्मक सकारात्मक - नकारात्मक आन्तरिक - बाह्य पुरस्कार - दण्ड प्रतिकूल - .....

बहुमुखी - धेरै लक्ष्य भएको, विभिन्न विषयको विशेषताले युक्त भएको,  व्यक्तित्व - कुनै व्यक्तिले .....

अभिभारा                कुनै कामको जिम्मेवारी, उत्तरदायित्व उजागर                .....

हाम्रो समुदायमा प्रचलित लोकबाजाहरू घण्ट, शङ्ख, भ्याली, बाँसुरी, मादल, आदि हुन्। घण्ट, शङ्ख, पूजा .....

                              साइबर अपराधको रोकथाप कप्प्युटर, कम्प्युटर नेटवर्क .....

सर्वज्ञ    भाग्य विशेषज्ञ  योग्यता ज्ञानी     ग्याँसचुलो विज्ञ     योग्य ज्ञाता     .....

शब्द                              अर्थ आलोतिक                  उज्यालो .....

'राष्ट्रनिर्माणमा युवावर्गको दायित्व' क) राष्ट्र भनेको भूमि, जनता र सरकार मिलेर बनेको .....

आदरणीय सभाध्यक्ष महोदय ! प्रमुख अतिथिज्यू, गुरुवर्ग, निर्णायक मण्डल एवम मेरा प्यारा .....

.....

.....

.....

(क) माइजू राम्रा राम्रा कविता लेख्नुहुन्छ । (ख) तपाई भोलि आउनुहोला । (ग) म केही दिन आराम गर्छु । (घ) .....

भाइ रुन्छ । त्यो देखेर बहिनी पनि रुन थाल्छे । अमृता नेम्बाङ भाइबहिनीलाई माया गर्छे । ऊ खेलौना .....

.....

.....

" व्यक्ति औपचारिक सन्दर्भमा आफ्ना विचार भावना तथा दृष्टिकोण क्रमबद्ध रूपमा निर्भीकताका साथ .....

(क) औपचारिक (ख) वाक्कला (ग) व्यक्तित्व (घ) .....

35. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
राजकिशोर राठौर नौ कक्षामा पढ्छन् । उनी कक्षाका नेतृत्वकर्ता हुन् । उनी आफ्ना साथीका समस्या विद्यालय प्रशासनसमक्ष पुऱ्याउँछन् । कक्षामा होहल्ला हुन दिँदैनन् । शिक्षकको अनुपस्थितिमा पनि साथीलाई स्वाध्ययन गर्न प्रेरित गर्छन् । कक्षा खाली भएमा प्रधानाध्यापकलाई जानकारी गराउँछन् । उनी साथीलाई कहिल्यै काखा र पाखा गर्दैनन् । मिलनसार, सहयोगी र आत्मीय व्यवहारका कारण साथी माझ उनी लोकप्रिय बनेका छन् ।
राजकिशोरले कक्षाको राम्रोसँग नेतृत्व गरे झैँ कक्षाका साथीको नेतृत्व गर्नका लागि नेतृत्वकर्ताका रूपमा मन्तब्य व्यक्त गर्नुहोस् ।

 

म कक्षा नौमा अध्ययनरत विद्यार्थी हुँ । यदि मलाई कक्षा नौको नेतृत्वकर्ताका रूपमा जिम्मेवारी .....

36. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
हार्बड गार्डनरको बौद्धिकतासम्बन्धी सिद्धान्तलाई बहुबौद्धिकताको सिद्धान्त भनिन्छ । यस सिद्धान्तअनुसार सामान्यतया भाषिक, तार्किक गणितीय, स्थानिक दृश्यात्मक, प्राकृतिक, सङ्गीतात्मक, शारीरिक गतिबोधक, अन्तरवैयक्तिक र अन्तः वैयक्तिक गरी मान्छेमा आठ प्रकारका बौद्धिकता वा प्रतिभा हुन्छन् । भाषिक बौद्धिकताअन्तर्गत मौखिक र लिखित रूपमा प्रभावकारी ढङ्गले भाषा प्रयोग गर्ने क्षमता पर्छ । तार्किक गणितीय वौद्धिकताले तर्क र गणितसँग सम्बन्धित प्राकृतिक बौद्धिकता भएका व्यक्तिमा प्रकृति जगत्का विभिन्न वस्तुप्रति प्रेम, रुचि र प्रकृतिका समीपमा रहने इच्छा जस्ता विशेषता रहेका हुन्छन् । साङ्गीतिक बौद्धिकता भएका व्यक्तिमा सङ्गीतसँग सम्बन्धित सामर्थ्य रहने गर्छ । शारीरिक गतिबोधक बौद्धिकताअन्तर्गत आफ्नो विचार व्यक्त गर्न व्यक्तिले शरीरको हाउभाउ र लचकता उपयोग गर्ने सामथ्य पर्छन् । अन्तरवैयक्तिकत बौद्धिकताले अन्य व्यक्तिका सूक्ष्म व्यवहारप्रति संवेदनशील हुने बहिर्मुखी क्षमतालाई सङ्केत गर्छ । त्यस्तै अन्तः वैयक्तिक बौद्धिकता भनेको व्यक्तिको संज्ञानात्मक क्षमतामा निहित अन्तरमुखी प्रतिभा हो । कुनै प्रतिभाशाली व्यक्तिमा यी सबै प्रकारका बौद्धिकता हुन्छन् भने अधिकांश सबैमा कम्तिमा दुई वा ती प्रकारका बौद्धिकता रहन्छन् भनिन्छ । शिक्षकले व्यक्तिको बौद्धिकता पहिचान गरी शिक्षण गरेमा शिक्षण सिकाइ प्रभावकारी हुने विश्वास गरिन्छ ।
(क) उत्तर दिनुहोस् :
(अ) बहुबौद्धिकताको सिद्धान्तका प्रतिपादक को हुन् ?
(आ) बहुबौद्धिकताका प्रकार उल्लेख गर्नुहोस् ।
(इ) भाषिक बौद्धिकताअन्तर्गत पर्ने कुरा के हो ?
(ई) तपाईमा मुख्य रूपमा कुन बौद्धिकता रहे जस्तो लाग्छ ?

(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
(अ) अनुच्छेदमा भएका कुनै दुई परिभाषिक शब्द लेख्नुहोस् ।
(आ) अनुच्छेदबाट एकवचन र बहुवचनका एक एकओटा क्रियापद टिप्नुहोस् । 
(इ) अनुच्छेदबाट श, ष, स प्रयोग भएका एक उकओटा शब्द लेख्नुहोस् ।
(ई) 'हाउभाउ' र 'रुचि" शब्दको अर्थ लेख्नुहोस् ।

(क) उत्तर दिनुहोस् : (अ) बहुबौद्धिकताको सिद्धान्तका प्रतिपादक हार्बड गार्डनर हुन् । (आ) भाषिक, .....

37. तलको दैनिकीको नमुना पढ्नुहोस् र तपाईले भ्रमण गरेको कुनै एउटा रमणीय स्थलको विषयवस्तु समेटी एक दिनको दैनिकी तयार पार्नुहोस् :

                                                                                                 २०७९ बैशाख ०१
रातको ९ बजे
                                                      नयाँ वर्ष
आज नयाँ वर्षको पहिलो दिन, म बिहान सबेरै बिउझिएँ । बाहिर चराचुरुङ्गी चिरबिर स्वरमा कराउदै थिए। मलाई लाग्यो, यी कञ्चन प्राणी पनि आफ्नै भाषामा शुभकामना साटासाट गर्दै होलान् । आमाबुबाले हिजै बेलुकी भन्नुभएको थियो. “भोलि बिहानै घुम्न जाने भनेका छौं । अबेरसम्म सुतौला नि ।” तन्द्रामै मैले आमाबुबाको कुरा सम्झिएँ र हत्तपत्त उठें। त्यसपछि नयाँ वर्षका दिन नयाँ ठाउँको भ्रमणमा जाने हाम्रो पूर्वयोजनाअनुसार म तयार हुन थालें ।

पोखराबाट हाम्रो बस बिहान ९ बजे छुट्यो । हामी जम्माजम्मी १६ जना मिल्ने साथी मात्र थियौँ । हाम्रो शैक्षिक भ्रमणस्तथल थियो तनहुँको व्यास गुफा र त्यहाँका वरपरका ठाउँ । साथीसँग रमाइलो गर्दा करिब ५० किलोमिटरको यात्रा पार गरेको पत्तै भएनछ । हामी वेद, महाभारतलगायतका अनेकौं ग्रन्थका रचयिता वेदव्यासले तपस्या गरेको व्यासगुफा अनि सेती र मादी नदीको सङ्गमस्थलसम्म पुग्यौँ। गुफा जाने बाटामा ढुङ्गाले बनाउका सिँढी, ऋिषिको तपस्यास्थल, आश्रम, ढुङ्गाका विभिन्न आकृति, सेती र मादी नदीतटको सुन्दर प्रकृतिमा रमाउँदै घरबाटै लगेको खानेकुरा खाएर दिउँसोको ४ बजे पोखराका लागि रमाना भयौँ । नयाँ वर्षको रमाइलाले जिउमा छुट्टै फुर्ती दिएको थियो । नयाँ जोसका साथ यस वर्षको पहिलो दिन व्यतीत गरी साँझको खाना खाएँ । त्यसपछि छोटो दैनिकी तयार पारी राती ९:३० बजेतिर सुतें ।

 

                                                                      .....

(क) धन सम्पत्ति स्वाहा भएपछि 'ऊ' पात्र अर्काको दयामा बाँच्नुपर्ने स्थितिमा पुग्यो । (ख) उसले .....

39. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
गोपालप्रसाद रिमालको जन्म वि.सं. १९७५ जेठ १० गते काठमाडौंमा र मृत्यु वि.सं २०३० कात्तिक ८ गते भएको थियो । उनका आमाबुबाको नाम आदित्यकुमारी र उमाकान्त हो। गोपालप्रसाद रिमाल एक निडर, क्रान्तिकारी, स्वभिमानी र देशभक्त साहित्यकार हुन् । आई.ए. पढ्दापढ्दै आर्थिक अभावका कारण पढाइ छोड्न पुगेका रिमाल वि.सं. १९९० तिरबाटै साहित्य लेखनमा प्रवेश गरेका थिए। उनका 'मसान', 'यो प्रेम' जस्ता नाटक अनि 'आमाको सपना' कविता सङ्ग्रह अति नै लोकप्रिय छन् । उनले मदन पुरस्कार, त्रिभुवन पुरस्कार जस्ता प्रसिद्ध पुरस्कारसमेत प्राप्त गरेका थिए ।
तपाइँले चिनेको समाज सुधारका क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिको जीवनका महत्त्वपूर्ण घटना टिपोट गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
 

(क) आबाल ब्रह्मचारी षडानन्दको जन्म संवत १८९१ मङ्सिर महिनाको विवाह पञ्चमीका दिन भोजपुरको .....

40. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
व्यक्तिमा उत्पन्न हुने मानसिक दवावको अवस्था तनाव हो । जीवनका पीडा, सङ्घर्ष, चिन्ता, वातावर ीय दबाब, कामको चाप आदिले तनाव सिर्जना गरिरहेका हुन्छन् । सामाजिक वातावरणका साथै व्यक्तिमा आएका शारीरिक तथा मानसिक परिवर्तनका कारण पनि तनाव उत्पन्न हुन्छ । तनावले व्यक्तिको दैनिक काममा समेत असर पर्न सक्छ । तनाव व्यवस्थापनका लागि समर्पण, सङ्घर्ष, सम्झौता जस्ता रणनीति अपनाउन सकिन्छ । सामाजिक राजनीतिका व्यवहारजन्य गतिविधिबाट उत्पन्न चुनौति स्वीकार गर्नु समर्पण हो। जीवनमा आइपरेका चुनौतीको सामना गर्दै अघि बढ्नु सङ्घर्ष हो । त्यस्तै व्यक्तिका अचारण र व्यवहार जन्य गतिविधिसँग सहकार्य गर्दै अघि बढ्नु सम्झौता हो । योगध्यान, मनोरञ्जन, सङ्गीत, खेलकुद, शारीरिक व्यायाम, सन्तुलित खानपान आदिका साथै सिर्जनात्मक, सामाजिक तथा रचनात्मक कार्यमा सक्रिय भएर पनि तनाव कम गर्न सकिन्छ ।
(क) उत्तर दिनुहोस् :
(अ) तनाव भनेको के हो ?
(आ) तनाव उत्पन्न हुनाका कारण के के हुन् ?
(इ) तनाव व्यवस्थपनमा कस्ता रणनीति अपनाउन सकिन्छ ?
(ई) तनाव कम गर्न अपनाउनुपर्ने उपाय लेख्नुहोस् ।

भाषा संरचना पहिचान गर्नुहोस् :
(अ) अनुच्छेदबाट कुनै दुईओटा संयुक्त वाक्य पहिचान गर्नुहोस् । 
(आ) 'तनावले व्यक्तिको दैनिक काममा समेत असर पर्न सक्छ ।' वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।
(इ) 'तनाव व्यवस्थापनका लागि समर्पण, सङ्घर्ष, सम्झौता जस्ता रणनीति अपनाउन सकिन्छ।' वाक्यलाई पदवियोग गरी लेख्नुहोस् ।
(ई) 'मानसिक' र 'गतिविधि' शब्दलाई उच्चारण अनुसार लेख्नुहोस् ।
 

(क) उत्तर दिनुहोस् : (अ) व्यक्तिमा उत्पन्न हुने मानसिक दवाबको अवस्था तनाव हो ।  (आ) तनाव उत्पन्न .....

                                व्यक्तिगत विवरण नाम                        .....

क) चर्चित वैज्ञानिक हम्फ्री डेवीको सान्निध्यमा माइकल फेराडेको वैज्ञानिक प्रतिमा पल्लवित .....

माइकल फेराडेले जीवनमा सफलता प्राप्त गरेका मुख्य घटनाहरू निम्न छन् :  क) फेराडेले चुम्बकीय .....

प्रस्तुत वाक्यांश कक्षा नौंको नेपाली पाठ्य नकको 'माइकल फेराडे' शीर्षकको जीवनीबाट साभार .....

45. . दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
जेम्स फेराडेको परिवार म्यानचेस्टर स्क्वायरको सानो डेरामा बस्न थालेपछि माइकल फेराडेको सङ्घर्षमय र सफलताका यात्रा सुरु भयो । सुरुमा उनलाई साधारण विद्यालय भर्ना गरियो । साधारण विद्यालयमा पढे पनि माइकल ज्ञानको असाधारण भोक थियो । उनले त्यहाँ पढ्ने र लेख्नेदेखि लिएर गणितसम्मका धेरै कुरा सिके । बुबाले आरनमा काम गरिरहँदा उनी निकै घोरिएर हेरिराख्ने उनको त्यो गहिरो हेराइमा ज्ञानको अनन्त रहस्य लुकेको हुन्थ्यो । १३ वर्षका भएपछि गरिबीकै कारण माइकलको औपचारिक पढाइ एक्कासि रोकियो र नाबालक उमेरमा नै उनले काम गर्नुपर्यो । उनले एउटा पुस्तक पसलमा किताबको जिल्ला हाल्ने काम पाए । यसरी दिनभरी काम र रातमा पढाई गर्दै एउटा कलिलो बालकले कठोर सङ्घर्ष गर्नुपर्यो । भनिन्छ, राति पढ्दा नै उनमा बिजुलीसम्बन्धी जिज्ञासाको बीज अङ्कुरण भएको थियो । उनले फुर्सद निकालेर आफ्नै इच्छा र रुचिबमोजिमका किताब बढ्न थाले । त्यो जागिरको सात वर्षसम्म थुप्रै किताब पढेर उनको बुद्धि तीक्ष्ण हुदै गयो । त्यसमध्ये जेन् मार्सेटद्वारा लिखित रसायन विज्ञानमा कुराकानी र विभिन्न पत्रपत्रिकामा छापिएका बिजुलीसम्बन्धी लेख पढेपछि भने उनमा विज्ञानप्रति गहिरो रुचि जाग्यो ।
प्रश्नहरू:
(क) माइकल फेराडे कस्तो स्वभावका थिए ?
(ख) उनले आफ्नो पढाइलाई कसरी निरन्तरता दिए ?

(क) माइकल फेराडे निकै मिहिनेती व्यक्ति थिए । उनको स्वभाव असल थियो । फेराडे सानैदेखि कठोर संघर्ष .....

46. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
माइकल फेराडेका वैज्ञानिक योगदानलाई सिद्धान्त र आविष्कारमा वर्गीकरण गरी तिनलाई समेत विभिन्न वर्गमा बाँड्न सकिन्छ । फेराडेज ल अफ इन्डक्सन, फेराडेज ल अफ इलेक्ट्रोमेग्नेटिक इन्डक्सन र फेराडेज ल अफ इलेक्ट्रोलाइसिस उनका मुख्य सिद्धान्छ हुन् । आफ्नै सिद्धान्तमा आधारित रहेर उनले दर्जनौ चिजको आविष्कार गरेका छन् । आज हामीले घरभित्र प्रयोग गर्ने मिक्सचर, घरबाट बाहिर निस्कँदा चढ्ने गाडी, हामीले आआफ्नो घरमा पानी तान्नका लागि जडान गरका मोटर ती सबै फेराडेको यही फेराडेज ल अफ इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन सिद्धान्तकै मातहत चलेका छन् ।
प्रश्नहरू:
(क) माइकल फेराडेका वैज्ञानिक आविष्कारलाई कति समूहमा वर्गीकरण गरिएको छ ?
(ख) उनका मुख्य सिद्धान्त के के हुन्, लेख्नुहोस् ।
(ग) हामीले प्रयोग गर्ने फेराडेको सिद्धान्तमा आधारित कुनै तीन उपकरणको नाम लेख्नुहोस्।
(घ) उनका सिद्धान्तको मुख्य आधार के हो ?

(क) माइकल फेराडेका वैज्ञानिक आविष्कारलाई दुई समूहमा वर्गीकरण गरिएको छ ।  (ख) उनका मुख्य .....

सन् १७९१ - माइकल फेराडेको जन्म सन १८२०: हेन्स ओस्टेडले कुनै तारमा विद्युत् धाराको .....

ल्यापटप - विद्युतको प्रयोगविना पनि चलाउन सकिने, टङ्कण गर्ने, नक्सा, चित्र आदि बनाउने संयन्त्र .....

(क) माइल फेराडे गरिब परिवारमा जन्मिएका थिए। उनको घरमा कहिले काहीँ त खाने कुरा अभाव भएर एउटा .....

(क) माइकल फेराडेको बाल्यकालसम्बन्धी वर्णन तेस्रो अनुच्छेदमा छ । (ख) माइकल फेराडेले इलेक्ट्रिक .....