Students and Teachers Forum

1. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नका उत्तर लेख्नुहोस् :
वैज्ञानिक दृष्टिकोणबाट जौँ र जमराको महत्व कम छैन । हिन्दु धर्मशास्त्रमा जौँलाई पवित्र वस्तुको रूपमा लिइन्छ । नेपालीहरूको महान् चाड दसैँ अन्तर्गत घटस्थापनाको दिन नदी तलाउबाट ल्याइएको शुद्ध बालुवा वा माटोमा प्रकाश नआउने ठाउँमा जौँ छरेर जमरा उमारिन्छ । यसरी उमारेको पहेँलो जमरालाई धर्मशास्त्रमा संवृद्धिको प्रतीक मानिन्छ । जौँ निकै पौष्टिक खाद्य पदार्थका रूपमा पर्दछ । यसमा कार्बोहाइड्रेट, प्रोटिनका साथै विभिन्न भिटामिनहरू प्रशस्त मात्रामा पाइन्छन् । त्यसैले जौँको सातु सबैतिर चर्चित छ । जौँ खाद्य सुरक्षाका दृष्टिले मात्र होइन, औषधीय गुणले पनि युक्त छ । धर्मशास्त्रअनुसार देवकार्य तथा पितृकार्यमा जौँको विशेष महत्त्व छ । आयुर्वेदिक ग्रन्थमा जौँको दाना र जमराबाट गर्न सकिने उपचारका बारेमा व्यापक उल्लेख गरेको पाइन्छ । यसले उच्च रक्तचाप, मधुमेह, क्यान्सर लगायतका रोगीलाई लाभ दिन्छ । जौँको जमराको रसले पेटको रोग, छालाको रोग, वायु विकार जस्ता समस्यालाई दुर भगाउँदछ । जमराको रसलाई सौन्दर्य प्रशोधनमा पनि प्रयोग गरिएको पाइन्छ । गाउँघरतिर अहिले पनि दसैँको जमरालाई सुकाएर राखी पेट दुख्दा तथा ज्वरो आउँदा पानीमा उमालेर खाने चलन छ । यसरी धर्मशास्त्रमा अन्नको राजा मानिने जौँलाई धार्मिक र पौराणिक हिसाबले मात्र नभई वैज्ञानिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । अत: संम्वृद्धिको प्रतीक मानिने जमरा र जौँ मानव स्वास्थ्यका लागि ज्यादै गुणकारी मानिन्छ ।

प्रश्नहरू :
क. जमरा कसरी उमारिन्छ ?
ख. धर्मशास्त्रमा जौँलाई के–को प्रतीक मानिन्छ ?
ग. जौँ र जमराले के–का रोगीलाई लाभ दिन्छन् ?
घ. जौँमा कुन–कुन तत्त्वहरू पाइन्छन् ?
ङ. जमराको रसलाई के–मा प्रयोग गरेको पाइन्छ ?

क. घटस्थापनाको दिन शुद्ध नदी वा तलाउबाट बालुवा र माटो ल्याएर प्रकाश नआउने ठाउँमा जौँ छरेर जमरा .....

2. दिइएको गद्यांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
परलोकका निम्ति होइन, यसै लोकका निम्ति नसुनी नहुने र परोपकारका निम्ति होइन, आत्मोपकारका निमित्त नबुझी नहुने यो सर्वकालीन, सर्वदेशीय र सर्वधर्मीय पुराणको नाम हो–भुँडी पुराण । भुँडी विश्वको सर्वोच्च देवी हुन्, जसलाई मान्छेले मात्र होइन, देवाधिदेव महादेवले पनि मान्नुपरेको थियो । हेरिल्याएको खण्डमा कृष्ण हुन् कि क्राइस्ट हुन्, बुद्ध हुन् कि कन्फ्युसियस हुन् सबै देवात्माहरू भुँडीबाट मत्र्यलोकमा अवरोहण गरेका हुन् । महर्षि हुन् कि माक्र्स हुन्, सन्त हुन् कि सात्र्र हुन्, सबै दार्शनिकहरू भुँडीमै निर्मित भएर भुँडीले नै बाँचेका हुन् । वाल्मीकि हुन् कि होमर हुन्, टाल्सटाय हुन् कि टैगोर हुन्, दाँते हुन् कि देवकोटा हुन्, सम हुन् कि सेक्सपियर हुन् प्रत्येक कविको जन्म भुँडीबाटै भएको हो ।

प्रश्नहरू :
क. अनुच्छेदमा रेखाङ्कित कारक र विभक्तिको नाम लेख्नुहोस् ।
ख. प्रत्येक र अवरोहण शब्दको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् ।
ग. सर्वकालीन र दार्शनिक शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
घ. भुँडीलाई कसले किन मान्नुपरेको थियो ?
ङ. भुँडीबाट क–कसको जन्म भएको थियो ?

क. महादेवले = प्रथमा विभक्ति     भुँडीबाटै = अपादान कारक ख. प्रत्येक – विशेषण     .....

समूह ‘क’                              समूह ‘ख’ अनुकरणाीय .....

क) काल्देन र साम्देन त सांसद पो भएछन् । ख) सुनन्दा चौधरी हाम्रो स्कुलकी प्रधानाध्यापक बन्लिन् .....

क) अ) वातावरण आ) पञ्चामृत ख) भाइ ! तिमी पनि मसँगै उखु खान हिँड .....

क) ‘सहज’ को विपरीतार्थी शब्द  असहज  हो ।  ख) ‘कोसिस’ को पर्यायवाची शब्द  जमर्को हो .....

 क) यस पालिको दसैँमा खुब रमाइलो गर्छु । ख) बुबाले उनीहरूलाई लेकमा चौरी चराउन लगाउनुहुन्छ .....

हामी पोखरा घुम्न गएका थियौँ । फेवा तालमा रमाइलो गरियो । मनिता गुफाभित्र डराएर कराई .....

‘जन्मभूमि’ कथामा लेखकले जननी र जन्मभूमिको भनेको स्वर्गभन्दा पनि महान् हुन्छ भनेका छन् । .....

10. दिइएको गद्यांश राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
लक्ष्मणलाई अझै निद्रा परेन । उनका मनमा उनका बाल्यकालदेखिका एक एक घटनाहरू ताजा भएर आए । उनले आफ्ना दाजुभाइ राम, भरत र शत्रुघनसँग खेल्दै बिताएका बाल्यकाल सम्झे । दाजुभाइ मिलेर लेखपढ गरेको सम्झिँदा उनलाई आनन्द आयो । उनले आमा सुमित्रा र पत्नी उर्मिलालाई सम्झे । राम सीतासँगै वनबास आएको, सीताको अपहरण भएकोदेखि हालसम्मका घटनाहरू त झन् उनको सम्झनामा नआउने कुरै भएन । यसरी लक्ष्मण आफ्नै विगतका स्मृतिमा हराइरहेका थिए, टाढा कतै कुखुरो बासेको सुनियो । लक्ष्मण जुरुक्क नित्यकर्मतिर लागे । उनीसँगसँगै विभीषण पनि उठे ।

प्रश्नहरू :
क) अनुच्छेदमा रेखाङ्कित विभक्ति र कारकको नाम लेख्नुहोस् ।
ख) अपहरण र स्मृति शब्दको अर्थ लेख्नुहोस् ।
ग) ताजा र आन्नद शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
घ) के कुराले लक्ष्मणलाई निद्रा परेन?
ङ) लक्ष्मणलाई कुन कुराले आनन्द आयो ?

क) उर्मिलालाई = सम्प्रदान कारक ख) अपहरण = कुनै स्वार्थ साध्ने वा पैसा कमाउने उद्देश्यले कुनै .....

11. दिइएको गद्यांश राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
अबको संस्कृति पाप, पुण्य, स्वर्ग, नरक आदिका आधारमा निर्धारित हुँदैन । आजको समाज वैज्ञानिक चिन्तनतर्फ उन्मुख हुँदै गइरहेको छ । अब पापको हाउगुजीमा मात्र संस्कृति बाँच्दैन । अब विज्ञानका सापेक्षतामा मानिसका आवश्यकता, खुसी, सुख र मनोरञ्जनका रूपमा संस्कृतिलाई ग्रहण गरिन्छ । अहिले विज्ञानका सापेक्षतामा जीवनको व्याख्या हुन्छ । विज्ञान सत्य र तथ्यमा आधारित हुन्छ । विज्ञानले प्रमाणिकतामा विश्वास गर्छ । कुनै कुराको अवलोकन, जाँच र पारखका आधारमा मात्र सत्य नजिक पुगिन्छ भन्ने मान्यता विज्ञानको छ ।

प्रश्नहरू :
क) अनुच्छेदमा रेखाङ्कित विभक्ति र कारक छुट्याउनुहोस् ।
ख) उन्नमुख र पारख शब्दको अर्थ लेख्नुहोस् ।
ग) माथिको शब्दमा निरपेक्ष र झुटो शब्दको विपरीतार्थक शब्द पहिचान गरी वाक्यमा प्रयोग गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
घ) विज्ञानले केमा विश्वास गर्छ ?
ङ) संस्कृतिलाई केको रूपमा ग्रहण गरिन्छ ?

क) संस्कृतिलाई = सम्प्रदान कारक, चतुर्थी विभक्ति      विज्ञानले = कर्ता कारक, प्रथमा .....

12. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नका उत्तर लेख्नुहोस् :
पर्यटन प्रवर्धनमा प्रचारप्रसारको महत्त्व अत्यधिक छ । प्रचारप्रसारबिना कुन देशको कुन भागमा के कस्तो छ ? त्यहाँको गतिविधि कस्तो छ ? आदि कुरा जान्न सकिन्न जसले गर्दा पर्यटनलाई निकै अप्ठ्यारो अनुभव हुन्छ । देशको ऐतिहासिक, भौगोलिक, प्राकृतिक स्थानहरूको जानकारी दिने नेपाली संस्कृति नेपाली कलाकौशल, मृदुभाषिता आदि झल्काउने खालका पोस्टर एवम् पत्रपत्रिका विश्वभर फैलाउनुपर्छ । विश्वका विभिन्न मित्र राष्ट्रहरूमा स्थानीय ट्राभल एजेन्सी मार्फत वा सक्षम भएमा कार्यालय खोलेर विभिन्न किसिमका प्रचार भएमा पर्यटनमा ठुलो सहयोग पुग्ने विश्वास लिन सकिन्छ । पर्यटन नै भविष्यका लागि प्रचारप्रसारका सबल माध्यम हुन्  । त्यसैले उनीहरूलाई सन्तुष्ट पारेर पठाउन सकिएको खण्डमा प्रभावकारी प्रचारप्रसार उनीहरूबाटै हुने हुन्छ । स्तरीय होटलको सुप्रबन्ध हुनु पर्यटन प्रवर्धनका लागि एक महत्त्वपूर्ण साधन मान्न सकिन्छ । किनकि मानिस जहाँ पुगे पनि उसलाई गाँसबासको आवश्यकता अनिवार्य हुन्छ । त्यसैले  हाम्रा स्तरीय होटलले पनि पर्यटकको सङ्ख्यात्मकभन्दा गुणात्मकतालाई ध्यानमा राखी स्तरीय सेवा प्रदान गर्न सक्नुपरेको छ ।

प्रश्नहरू :
क) के कुराको अभाव भएमा पर्यटनलाई अप्ठ्यारो अनुभव हुन्छ ?
ख) केकस्ता कार्यहरूले गर्दा पर्यटनमा ठुलो सहयोग पुग्न सक्छ ?
ग) प्रभावकारी प्रचारप्रसार कसरी हुन्छ ?
घ) हाम्रा स्तरीय होटलहरूले के कुरामा ध्यान दिन आवश्यक छ ?
ङ) के गर्दा पर्यटनमा ठुलो सहयोग पुग्ने विश्वास लिन सकिन्छ ?

क) कुन देशको कुन भागमा के कस्तो छ ? त्यहाँको गतिविधि कस्तो छ ? भनेर प्रचारप्रसार नभएमा पर्यटनलाई .....

क) अ) सम् + कृत = संस्कृत      बे+ काम = बेकाम आ) रुज्+ई = रोगी       लेक + आली = लेकआली ख) छ कोणको .....

आफूले = सर्वनाम असाध्यै = विशेषण लाग्यो = क्रियापद जागिर = नाम धत् = विस्मयादिबोधक आज = क्रिया .....

प्रस्तुत गद्यांश कक्षा दसको नेपाली किताबको ‘जन्मभूमि’ कथाबाट साभार गरिएको हो । यो कथा मा .....

16. दिइएको गद्यांश राम्ररी पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
थाङ्का भन्नाले कपडा वा कागजमाथि लेखिएको चित्र भन्ने बुझिन्छ । पौभा भन्नाले पवित्र चित्र भन्ने हुन्छ । थाङ्कामा विशेषतः बौद्घ धर्मका देवी देवताको चित्र बनाइन्छ । यसमा पञ्चबुद्घ, वज्रसत्व, अवलोकितेश्वर, मैत्रेयी, मञ्जुश्री, बज्रपाणि, तारा आदि पर्दछन् । शाक्य मुनि बुद्घको जीवनी र  मण्डलाका थाङ्काहरू लोकप्रिय छन् । त्यसो त थाङ्का प्रविधिबाट कृष्ण लिला, भैरव आदिका साथै नदी, रुख, लहरा, पहाड अनेक जीवजन्तुका चित्र पनि बनाइएको पाइन्छ । थाङ्का बुद्घ दर्शन सिक्ने र सिकाउने महत्त्वपूर्ण पाठ्य सामग्री हो । यसलाई ध्यान सिक्ने र सिकाउने साधनका रूपमा पनि लिइन्छ । बौद्घ समुदायमा थाङ्कालाई  घरमा राख्दा मनोकामना पुरा हुने, भूतप्रेत, रोग, अनिष्ट आदिले बास नगर्ने र शान्ति कायम हुने जस्ता विश्वास गरिन्छ । पहिले पहिले थाङ्का धार्मिक आस्थाका साथसाथै ज्ञान र ध्यानको  स्रोतको रूपमा लिइन्थ्यो । अहिले यसलाई महत्त्वपूर्ण व्यावसायका रूपमा समेत लिइन्छ ।

प्रश्नहरू :
क) अनुच्छेदमा रेखाङ्कित विभक्ति कारकको नाम लेख्नुहोस् ।
ख) धार्मिक र माथि पदको पदवर्ग पहिचान गरी लेख्नुहोस् ।
ग) अनिष्ट र बुद्घ दर्शन शब्दलाई  वाक्यमा प्रयोग गर्नुहोस् ।
घ) थाङ्कालाई केको स्रोतको रूपमा प्रयोग गरिन्छ ?
ङ) बौद्घ समुदायमा थाङ्कालाई के कस्ता कुरामा विश्वास गरिन्छ ?

क) देवताको = षष्ठी विभक्ति थाङ्का = कर्ता कारक ख) धार्मिक = विशेषण माथि = नाम योगी ग) अनिष्ट = बौद्घ .....

17. तलको अनुच्छेद पढेर सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
लक्ष्मणको कुरा सुनेर रामचन्द्र एक छिन गम्भीर बने र भने, “तिमीले भनेको कुरा एक कोणबाट ठिकै हो । लङ्का जस्तो सुन्दर, समृद्ध र शान्त राज्य अहिलेको दुनियाँमा छैन । फेरि यो हाम्रो बलबुताबाट जितेको राज्य पनि हो । यसरी अर्को राज्यलाई जितेर आफ्नो अधिनस्थ बनाउनु र त्यहाँ राज गरेर बस्नु दुनियाँमा नौलो कुरा होइन । यसैले तिमी ले भनेको कुरा आफ्ना ठाउँमा ठिकै छ । यति हुँदाहुँदै पनि म लङ्कामा राज गरेर बस्दिनँ ।”

प्रश्नहरू :
क) अनुच्छेदमा रेखाङ्कित शब्दहरूको कारक र विभक्ति पहिचान गर्नुहोस् ।
ख) समृद्ध र अधिनस्थ शब्दको अर्थ लेख्नुहोस् ।
ग) माथिको अनुच्छेदबाट शान्त र सुन्दर शब्दको पर्यायवाची शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
घ) लङ्का कस्तो राज्य छ ?
ङ) राजा रामचन्द्रले किन लङ्कामा राज गर्न चाहेनन् ?

क) लक्ष्मणको = षष्ठी विभक्ति ठाउँमा = अधिकरण कारक, सप्तमी विभक्ति ख) समृद्ध = सम्पन्न अधिनस्थ = .....

18. क. तलको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
एकैछिन सोचेर रामचन्द्रले फेरि भने, “लक्ष्मण तिमीले स्वर्गको बयान सुनेका हौँला । शास्त्रहरूमा वर्णन भएअनुसार सुखै सुखको नाम नै स्वर्ग हो । त्यसैले मानिसहरू मरेपछि स्वर्ग जान खोज्छन् । भाइ लक्ष्मण, संसारमा यस्तो स्वर्गभन्दा पनि उत्तम ठाउँ भनेको जन्मभूमि हो । मेरो विचारमा जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन् । यसको मतलब जन्मभूमि भनेर सधैँ त्यहीँ टाँसिइरहनुपर्दछ भनेको होइन । सुख सुविधा र अवसरको खोजी गर्नु मानवीय चरित्र हो । जन्मभूमिलाई नै चटक्क भुल्नु र लत्याउन चाहिँ कदापि हुँदैन । सुख र सुविधाका पछि लागेर जन्मभूमिलाई लात हान्नेहरू असल मान्छे होइनन् । त्यसैले लङ्कामा जतिसुकै वैभव भए पनि, यो हामीले जितेर पाएको भए पनि हाम्रो जन्मभूमि अयोध्याभन्दा प्यारो हुन सक्दैन । भाइ, हामीले हाम्रो जन्मभूमि छाडेको पनि चौध वर्ष हुन लाग्यो । अब हामी अयोध्या फर्कनुपदर्छ, हामीले हाम्रै जन्मभूमिलाई स्याहार्नुपर्दछ ।

प्रश्नहरू :
अ. यो कथांशको मूल सन्देश लेख्नुहोस् ।
आ. रामचन्द्रको चरित्र चित्रण गर्नुहोस् ।

ख. तलको निबन्धांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
थाङ्कामा आवश्यकताअनुार विभिन्न रङको प्रयोग गरिन्छ । कुन देवी देवताको कस्तो चित्र बनाउने र कुन–कुन रङ प्रयोग गर्ने भन्ने आफ्नै नियम हुन्छ । देवी देवताका आ–आफ्ना रङ हुनछन्, जस्तै पञ्च अमिताभ रातो, मेडिसियन निलो, भैरोचन सेतो, अमोघ सिद्धि हरियो र शाक्यमुनि पहेँलो । त्यसरी नै वज्रसत्व, अवलोकितेश्वर, सेतो तारा आदि, सेतो रङको हुन्छन् । मञ्जुश्री र ज्याम्बला पहेँलो, मैत्रेयी निलो, तारा हरियो आदि रङ हुन्छन् । बुद्धको जीवनी, जीवन चक्र र मण्डलामा विभिन्न रङको संयोजन गरिएको हुन्छ । साथै मुख्य देवी देवताको आफ्नो अलग्गै एउटा रङ भए पनि पृष्ठभूमिमा भने विभिन्न रङको संयोजन गरिएको हुन्छ । कहाँ कस्तो रङ लगाउने भन्ने कुराको निधो खाइबाले गर्दछन् । थाङ्कामा प्रयोग गरिने पहिले पहिले रूखका पात, बोक्रा, जरा, खानीबाट निस्किएको रसायनिक वस्तु आदिबाट तयार पारिन्थयो । अचेल बजारमा किन्न पाइने रङको समेत उपयोग गर्न थालिएको छ ।

प्रश्नहरू :
अ. थाङ्कामा प्रयोग गरिने रङको बारेमा लेख्नुहोस् ।
आ. थाङ्का के–को प्रतीक हो ?

क. अ. प्रस्तुत कथांश पौराणिक रामायण कथाबाट अनुवाद गरिएको हो । रामायण हिन्दू धर्मको .....

19. तलको अनुच्छेद राम्रोसँग पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
अबको संस्कृति पाप, पुण्य, स्वर्ग, नरक, आदिका आधारमा निर्धारित हुँदैन । आजको समाज वैज्ञानिक चिन्तनतर्फ उन्मुख हुँदै गइरहेको छ । अब पापको हाउगुजीमा मात्र संस्कृति बाँच्दैन । अब विज्ञानका सापेक्षतामा मानिसका आवश्यकता, खुसी, सुख र मनोरञ्जनका रूपमा संस्कृतिलाई ग्रहण गरिन्छ । अहिले विज्ञानका सापेक्षतामा जीवनको व्याख्या हुन्छ । विज्ञान सत्य र तथ्यमा आधारित हुन्छ । विज्ञानले प्रमाणिकतामा विश्वास गर्छ । कुनै कुराको अवलोकन, जाँच र पारखका आधारमा मात्र सत्य नजिक पुगिन्छ भन्ने मान्यता विज्ञानको छ ।

प्रश्नहरू :
क. अनुच्छेदमा रेखाङ्कित विभक्ति र कारकको नाम लेख्नुहोस् ।
ख. उन्मुख र पारख शब्दको अर्थ लेख्नुहोस् ।
ग. माथिको अनुच्छेदबाट निरपेक्ष र झुटो शब्दको विपरीतार्थी शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
घ. विज्ञानले केमा विश्वास गर्छ ?
ङ. संस्कृतिलाई के को रूपमा ग्रहण गरिन्छ ?

 क. हाउगुजी – अधिकरण कारक विज्ञानले – प्रथमा विभक्ति ख. उन्मुख – कुनै दिशातिर लागेको पारख .....

20. दिइएको गद्यांश राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
विश्वव्यापीकरणमा नाफाका पछाडि दौडिने, सहरी जीवनमा व्यस्त, मेसिन र सूचना प्रविधिमा रमाउने भएपछि मानवीय सम्बन्धहरू कमजोर हुन्छन् । भौतिक वस्तुप्रतिको मोहसँगै अनि सुविधाभोगी सामानहरूको बढ्दो उत्पादनसँगै मानिस खाने पिउने मोजमस्ती गर्ने अर्थात् भोगवादी बन्ने हुन्छ । नैतिक मूल्यमा ह्रास आउँछ । बेरोजगारी बढेपछि चोरी, डकैती, हत्या, हिंसा, अराजकता बढ्छ । यस्तो अवस्थामा हात हतियारले काम गर्छन् र बलियाहरूले बोलवाला हुन्छ । स्थानियकरणमा भने आफ्नो क्षमताअनुसार जोसुकैले सानो ठूलो काम पाउने अवस्था हुन्छ ।

प्रश्नहरू :
क. अनुच्छेदमा रेखाङ्कित कारक र विभक्तिको नाम लेख्नुहोस् ।
ख. व्यस्त र मोह शब्दको अर्थ लेख्नुहोस् ।
ग. माथिको अनुच्छेदबाट कर र तागत शब्दको पर्यायवाची शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
घ. मानवीय सम्बन्धहरू कसरी कमजोर हुन्छन् ?
ङ. नैतिक मूल्यमा कसरी ह्रास आउँछ ?

क. मा – सप्तमी विभक्ति हतियार – कर्ता कारक ख. व्यस्त – कुनै कामले गर्दा बेफुर्सदी मेह – .....

धातु – बस्, डुल्, खेल्, हेर्, सुन्, देख्, सुत्, गर्, भन्, पढ्, हिँड्            दि, .....

समूह ‘क’                             समूह ‘ख’ ​​​​​​ विलास  .....

समूह ‘क’                                   समूह ‘ख’ मग्नमस्त    .....

समूह ‘क’                        समूह ‘ख’ तन      ——————  .....

25. तलको अनुच्छेद राम्ररी पढी चार ओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् :
दिनदिनै नयाँ कुराको खोज र अनुसन्धान गर्ने इच्छा राख्नु र नयाँ कुराको अनुभवमा रुचि लिनु मानिसको स्वभाव नै हो । मानवले युगौँदेखि चमत्कारपूर्ण तथा रहस्यमय कथाहरू र जादुमय क्रियाकलापहरू रोचकताका साथ पढ्दै, सुन्दै र देख्दै आएको हो । आफूले आदेश दिनासाथ कुनै काम तुरुन्त सम्पन्न हुन सकोस्, आफूलाई त्यसमा धेरै श्रम, सम्पत्ति र समय खर्च गर्नु नपरोस् भन्ने उसका युगौँदेखिका चाहना हुन् । औद्योगिक तथा अन्य क्षेत्रमा कहिल्यै नथाक्ने, बिनाविरोध खुरुखुरु आफ्नो कर्तव्यपालन गर्ने चौबिसै घण्टा काममा लागेर उद्योगलाई प्रगतिपथमा निरन्तर अग्रसर गराउने, दिइएको काम ठिक समयमा अलिकति पनि गल्ती नगरी सम्पन्न गर्ने जस्ता विशेषताहरू हुनाले नै यन्त्रमानव आज हरेक क्षेत्रमा लोकप्रिय बन्न पुगेको छ । यसमा यो काम गर्ने कि नगर्ने, यो कामबाट के कस्ता लाभ वा हानी हुन्छन्, यस कामबाट मेरो भविष्य के होला भन्ने जस्ता द्विविधात्मक मनस्थिति नहुने हुँदा दिएको आदेश झर्को नमानी सम्पन्न गर्ने गर्दछ । त्यसैले यसको उपयोग धेरै बढ्न गएको हो ।

चार ओटा बुँदा निम्नानुसारका छन् : – नयाँ कुराको खोज र अनुसन्धान गर्ने इच्छा राख्नु, – थोरै .....

समूह ‘क’                   समूह ‘ख’ ताजा                          .....

आत्था ! = आत्था ! आगोले पोल्यो । बिचरा ! = बिचरा ! त्यो गरिब मरेछ .....

‘जन्मभूमि’ कथा एक धार्मिक कथा हो । यस कथामा कथाकारले देश प्रेमको बारेमा बयान गरेका छन् । .....

UNO was formed out by Franklin D. Roosevelt and Winston Churchill’s initiations. UNO was established on 24 October 1945. Nepal has made a commitment for the world peace. Nepal wants to recognize herself as a .....

United Nations Organization was established on October 24th Oct. 1945. The establishment of UNO has strong prelude. The League of Nations which was established in 1920 failed to fulfill its aims. Within 20 .....

Economic and Social Council has supported to achieve the UN's objective in the following ways:
UNO's primary objective is to maintain peace and security; bring development; and promote international .....

The Security Council is one of the main organs of United Nations. It is responsible for maintaining international peace and security. The Security Council is considered as the Executive organ of UN because of the reasons presented .....

Any four administrative functions of the UN Secretary General are: a.  He keeps records of all UN activities and prepares agenda to be discussed in General Assembly. b.  He coordinates, implements and supervises the programs, policies and .....

Definitely, I want to maintain a peaceful atmosphere in the world because peace is one of the main prerequisites of development. In order to maintain peace in the world, I would give priority to the following .....

United Nations Peacekeeping began in 1948 AD when the Security Council authorized the deployment of UN military observers to the Middle East. As a peace-loving country, Nepal joined UN peacekeeping force in 1958AD. .....

Arjundhara, Jhapa 19th April 2018                                                             .....

Generally, globalization refers to the widening; deepening and speeding up of global interconnection for socio-economic culture for elaboration all over the world. The advantages or merits of Globalization are .....

The term globalization refers to the free flow of knowledge, skills, techniques, technology etc. across the globe. The demerits of globalization are as follows: Globalization has contributed towards increasing the gap between the rich and the .....

A diplomatic mission is a group of people from one state or an organization present in another state or an organization present in another state or organization to represent the sending state/organization officially .....

Nepal has been proposed as a zone of peace and has been recognized by 116 countries. It has been an important part of the UN peacekeeping when it joined the mission as an observer. It has also been elected a .....

If I were appointed as the secretary general of the UN, I'd launch the following programmes in Nepal: Preservation of Human Rights and Conflict Management Management and rehabilitation of Refugee Awareness programme to prevent girls .....

UN peace-keeping mission is the special mission prepared and sent by UNO to the conflicted areas of the world for the promotion of peace in the world. It includes police, army, mine experts, election experts, .....

Katari, Udayapur 18th April 2018 The Resident Representative                                 United Nations Organizations    .....

Among the specialized agencies of the UNO, the following agencies have been doing the things that follow them: a)   United Nations Educational, Scientific Cultural Organization (UNESCO): Works in the .....

Any two of the Specialized Agencies of UNO that work in Nepal are: 1. UNESCO (United Nations Educational, Scientific and Cultural Organization): Established in 1946 AD, the UNESCO has been assisting Nepal in various works. It has been contributing .....

The certain portion of earning saved after the expenditure for the fulfillment of daily needs is known as saving. Saving is done in order to use in future. It is deposited in bank or finance.It is a kind of future .....

The names of the six places that attract tourists and their characteristics are: Namche Bazar: It is situated in the Solukhumbu districts of the Sagarmatha zone. It is mostly inhabited by Sherpas and people who .....

Saving is an essential of quality life. Saving makes everyone feel secure. We need to save part of our income, according to financial capacity, for future use and for emergency purposes.  The advantages of .....

Insurance is a part of modern life. It compensates human as well as physical losses. This gives peace in mind which is very important in this world of many risks and uncertainties. For example, the parents of child .....

The current fourteenth plan of Nepal has a long-term vision is sovereign, prosperous and socialism, oriented national economy and prosperous Nepalese. There are both the challenges and prospects made for the .....