Students and Teachers Forum

सित — नामयोगी धेरै — विशेषण भनेर — क्रियाविशेषण नि — निपात किनभने — संयोजक हामी — .....

घमण्डी : विशेषण भएकाले : क्रियाविशेषण त : निपात सँग : नामयोगी मित्रता : नाम कहिल्यै : .....

क) छोरीद्वारा तरकारी र दही किनिन्छ । ख) जनक्रान्तिले देशमा शान्ति ल्याएन । ग) शिक्षकले .....

हामी — सर्वनाम सानो — विशेषण बोकेर — क्रियाविशेषण सित — नामयोगी पशुपति — नाम पो — .....

5. तलको अनुच्छेद राम्ररी पढी चार ओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् :
इलमीको भागमा माछा र मासु अल्छीका भागमा सधैँ आँसु भनेझैँ पुरुषार्थी मान्छे जीवनका हरेक क्षेत्रमा सफलताको सोपान चढ्दै शिखरमा पुग्छ भने भाग्यको भरमा रहने मानिस आफ्नो भाग्यलाई सरापेर पश्चतापको आगोमा पिल्सिने गर्दछ । हाम्रा सबैभन्दा असल साथी हाम्रै पाखुरी हुन् । दस नङ्ग्रा खियाएर परिश्रमको फल खानु अमृतपान गर्नु बराबर हो । महान् कवि होमरले कहाँ त्यसै भनेका हुन् र परिश्रम सबै माथि विजय हुन्छ भनेर । परिश्रमरूपी ईश्वरलाई अनास्था गरेर जीवनरूपी रथ किमार्थ अघि बढ्न सक्दैन । मानिसले इच्छा गरेर कहाँ हुन्छ र ! इच्छालाई मूर्त रूप दिन त क्रियाको आवश्यकता पर्दछ । क्रिया भन्नु नै परिश्रम हो । तसर्थ परिश्रम नगरी कसैले केही पाउन सक्दैन । परिश्रमी जीवननै पूज्य हुन्छ, उदाहरणीय हुन्छ । जसरी घोटिँदा घोटिँदा नदीको ढुङ्गो गोलो हुन्छ त्यसैगरी परिश्रम गर्दा गर्दा जीवनले पनि नयाँ रूप धारण गर्दछ ।

मुख्य बुँदाहरू इलमीको भागमा माछा र मासु भनेझैँ पुरुषर्थी मान्छेले जीवनमा सफलता पाउने, हाम्रा .....

6. तलको अनुच्छेद राम्ररी पढी चार ओटा बुँदा टिप्नुहोस् र एक तृतीयाशंमा सारांश लेख्नुहोस् :
दिनदिनै नयाँ कुराको खोज र अनुसन्धान गर्ने इच्छा राख्नु र नयाँ कुराको अनुभवमा रुचि लिनु मानिसको स्वभाव हो । मानवले युगौँदेखि चमत्कारपूर्ण तथा रहस्यमय कथाहरू र जादुमय क्रियाकलापहरू रोचकताका साथ पढ्दै, सुन्दै र देख्दै आएको छ । आफूले आदेश दिनासाथ कुनै काम तुरुन्त हुन सकोस्, आफूलाई त्यसमा धेरै श्रम, सम्पत्ति र समय खर्च गर्नु नपरोस् भन्ने उसका युगौँदेखिका चाहना हुन् । औद्योगिक तथा अन्य क्षेत्रमा कहिल्लै नथाक्ने, बिनाविरोध खुरुखुरु आफ्नो कर्तव्यपालन गर्ने, चौबिसै घण्टा काममा लागेर उद्योगलाई प्रगति पथमा निरन्तर अग्रसर गराउने, दिइएको काम ठिक समयमा अलिकति पनि गल्ती नगरी सम्पन्न गर्ने जस्ता विशेषताहरू हुनाले नै यन्त्रमानव आज हरेक क्षेत्रमा लोकप्रिय बन्न पुगेको छ । यसमा यो काम गर्ने कि नगर्ने यो कामबाट के कस्ता लाभ वा हानी हुन्छन्, यस कामबाट मेरो भविष्य के होला भन्ने जस्ता द्विविधात्मक मनस्थिति नहुने हुँदा दिएको आदेश झर्को नमानी सम्पन्न गर्ने गर्दछन् । त्यसैले यसको उपयोग धेरै बढ्न गएको छ ।

बुँदा टिपोट : – नयाँ कुराको खोज र अनुसन्धानपछि चमत्कारपूर्ण र रहस्यमय कथाहरू र जादुमय .....

क) सन्दुक रुइत २०११ भदौ १९ ताप्लेजुङको विकट ओलाङचुङगोलामा जन्मिएका हुन् । उनी विकट ठाउँमा .....

                                                                      .....

9. दिइएका प्रश्नको उत्तर दिनुहोस् :
क) तल दिइएको जीवनीको अंश पढेर अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
रुइत बहुजातीय मुलुक नेपालको सम्मुनतिका लागि सर्वप्रथम जातीय सङ्कीर्णतामा भन्दा माथि उठेर राष्ट्रिय पहिचानलाई सर्वोपरि ठान्नुपर्छ भन्ने विचार राख्छन् । प्रत्येक जातिको आफ्नो जातीय, भाषिक र धार्मिक पहिचान हुन्छ । यसले राष्ट्रिय एकतालाई कमजोर पार्न हुन्न भन्ने स्पष्ट विचार लिएका रुइतले वि.सं. २०४३ मा नन्दा श्रेष्ठसँग अन्तर्जातीय विवाह गरे । उनका एक छोरा र दुई छोरी गरी तिन सन्तान छन् । वैवाहिक जीवनपछि उनले गाउँ गाउँमा डुलेर आँखाको उपचारलाई तीव्रता दिए । सुरुमा आँखाको डाक्टर भइसकेपछि दृष्टिविन्दु हुनाको मुख्यकारण मोतीबिन्दु भएकोले यसको शल्यक्रियामा उनी सक्रिय भए । शल्यक्रिया गर्ने पद्धति पुरानै थियो । जुन प्रविधिबाट मोतीबिन्दुको उपचार गरिन्थ्यो, त्यसबाट बिरामीलाई पीडाबोध मात्र नभई रोग बल्झिने समस्या पनि हुन्थ्यो । आँखामा लेन्स राख्ने प्रविधि निकै महँगो थियो । बिरामीले उपचार र शल्यक्रियापछि पनि बाक्लो लेन्स भएको चस्मा लगाउनुपथ्र्यो । रुइत एउटा सरल र सस्तो पद्धतिबाट आँखा रोगको उपचार गर्न चाहन्थे । त्यसैले समूह बनाएर ठाउँ ठाउँमा पुगेर आँखा उपचारमा सहभागी हुँदै शल्यक्रिया र अनुसन्धान गर्दै जाँदा उनले नयाँ प्रविधिको आविष्कार गरे । उनले आविष्कार गरेको प्रविधि सबैभन्दा सस्तो र भरपर्दो सावित भयो । यही प्रविधि अन्तर्राष्ट्रिय जगत्मा नेपाली प्रविधि अथात् रुइतेक्टोमीको रूपमा विश्वभर चर्चित छ ।

अ) रुइत कसरी विश्वमा चर्चित र सफल डाक्टर बन्न सफल भए ?
आ)  सन्दुक रुइतको जीवनीबाट के कस्तो प्रेरणा पाउन सकिन्छ ?

ग) तल दिइएको जीवनीको अंश पढेर अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
दार्जिलिङ पुग्न ओलाङ्चुङगोलाबाट पन्ध्र दिनको पैदल यात्रा गर्नुपथ्र्यो । उनकी आमा आफ्नो सानो छोरालाई त्यतिटाढा बिरानो ठाउँमा पठाउन चाहन्नथिन् । सन्दुक पनि आफ्नी आमाको न्यानो काखमा रमाएर बाल्यकाल बिताउन चाहन्थे । तर बाबुको अगाडि आमाछोराको केही लागेन । हिँड्ने बेला सन्दुककी आमा खुब रोइन्, सन्दुक पनि आमाको कपडाको फेर समातेर घुँक्कघुँक्क गरिरहे तर आमाको स्नेह र ममताले भरिएको साथ छाडेर बाबुको औँला समातेर बालक सन्दुक विद्यालय जान तयार भए ।

अ) सन्दुक किन त्यति टाढाको स्कुल जान बाध्य भएका होलान् ?
आ) दार्जिलिङ पुग्न ओलाङ्चुङगोलाबाट कति दिनको पैदल यात्रा गर्नुपथ्र्यो ।?

क) अ) विश्व हल्लाउने रुइतले जातीय सङ्कीर्णतामाभन्दा माथि उठेर राष्ट्रिय पहिचानलाई ठान्थे । .....

क) आज पानी परेको छ । ख) सुनिता विद्यालय गई । ग) नेपालको संविधान चाँडै लागु होला । घ) म असल काम गरूँ .....

भाइलाई उसका साथीहरूले पढ्न धेरै सहयोग गरेछन् । ऊ त्यही भएर परीक्षामा प्रथम भएछ । तिमीले यसरी .....

12. दिइएका बुँदाका आधारमा छोटो जीवनी तयार पार्नुहास् :
नाम : मोतीराम भट्ट
जन्म : वि.स. १९२३ भाद्र , काठमाडौँ, भोसिको टोल
पिता : दयाराम भट्ट
माता : रिपुमर्दिनी भट्ट
प्रमुख कृतिहरू :
– प्रह्लाद भक्ति कथा, पिकदूत, उषाचरित्र, गजेन्द्रमोक्ष, मनोद्वेगप्रवाह, भ्रमरगीत, भाषा, कविसमूह वर्णन, प्रियदर्शिका नाटिका, शाकुन्तला (नाटक), भानुभक्तको जीवनी आदि ।
– नेपाली काव्य जगत्मा सर्वप्रथम ‘समस्यापूर्तिको शुभारम्भकर्ता’,
– भारतजीवन नामक प्रेस खोली त्यसको संस्थापक आफैँ भएर त्यस प्रेसबाट भानुभक्तीय रामायणको ‘बालकाण्ड’ का साथै ‘गोरखा भारत जीवन’ नामक नेपाली भाषाको पत्रिका प्रकाशन,
– नेपाली साहित्यको माध्यमिक कालका केन्द्रीय प्रतिभा,
– प्रथम नेपाली गजलकार, कवि, नाटककार, समालोचक, अन्वेषक आदि बहुमुखी व्यक्तित्व,
– भाषाप्रेमी, देशप्रेमी, सौन्दर्यप्रेमी, प्रसिद्ध कवि,
– बनारस र काठमाडौँ रहँदा मोतीमण्डलीको स्थापना गरी नवोदित् प्रतिभाहरूका लागि उपयुक्त वातावरण सिर्जना,
– मृत्यु : वि.स. १९५३

                                                                      .....

आत्था     —  विस्मयादिबोधक त            —  निपात भतभत   —  क्रियाविशेषण पोल्यो .....

14. दिइएका बुँदाका आधारमा छोटो जीवनी तयार पारी शीर्षक समेत लेख्नुहोस् :
नाम : सर आइज्याक न्युटन
जन्म : सन् १६४२ इङ्ल्यान्ड
शिक्षा : क्याक्ब्रिजको ट्रिनिटी कलेजबाट बी.ए. डिग्री प्राप्त
– गुरुत्वाकर्षण एवम् ‘गति’ नियमका प्रतिपादक
– प्रकृतिका अज्ञात शक्तिलाई बाहिर ल्याउने कार्य,
– विज्ञानका पुराना त्रुटिहरूको सुधारका साथै नयाँ नियमको प्रतिपादन,
– बचपनमै पानीबाट चल्ने घडी बनाई चमत्कार देखाएको,
– ‘प्रिन्सिपिया’ग्रन्थको प्रकाशन, ‘सर’ को उपाधिबाट सम्मानित,
– रोयल सोसाइटी (लन्डन) को पहिले ‘फेलो’ र पछि आजीवन अध्यक्ष,
– एक दिन स्याउको रुखमुनि बसिरहेका बेला स्याउ भुइँमा खस्दा उनलाई पृथ्वीमा चुम्बकीय शक्ति भएको ज्ञान,
– गूरुत्वाकर्षण सिद्धान्त सौर्य मण्डलका नक्षेत्र र ग्रहको गतिमा लागु,
– यसबाट गति सिद्धान्त प्रतिपादन,
– यनैबाट अन्तरिक्षसम्बन्धी अनुसन्धानको ढोका खुल्नु,
– ८५ वर्षको उमेरमा सन् १७२७ मा देहावसान ।

                                           महान वैज्ञानिक सर .....

भ्यागुताको धार्नी एकदेशमा एकजना राजा थिए । उनलाई भ्यागुता निकै मन पर्दथे । भ्यागुताको सौखिन .....

क) ‘पूर्वीय’ को विपरीतार्थी शब्द पाश्चात्य हो । ख) ‘कलङ्क’ को पर्यायवाची दाग हो । ग) .....

समूह ‘क’                        समूह ‘ख सङ्कीर्णता —————  साघुँरो .....

क) उपसर्ग : अनु + गमन = अनुगमन                    आत्म + ईय = आत्मीय       .....

19. तलको अनुच्छेद राम्ररी पढी  चार ओटा  बुँदा टिप्नुहोस्  र एक तृतीयाशंमा सारांश लेख्नुहोस् :
रुइतले पहिलेदेखि नै नेपालमा एउटा सुविधा सम्पन्न आँखा उपचार केन्द्रको सपना देखेका थिए । उनको सपनालाई साकाहार पार्न अस्ट्रेलियास्थित फ्रेड हलोज फाउडेसन, समाज सेवी तथा साहित्यकार लगायतले साथ थिए । सबैको सामूहिक प्रयासबाट वि. सं. २०५१ मा तिलगङ्गा आँखा केन्द्रको स्थापना भयो । उनले नेपालमा रहँदा मात्र होइन, अस्ट्रेलियामा हुँदासमेत आखाँको रोगसम्बन्धी विभिन्न खोज तथा अनुसन्धान गरे । उनले लामो समयको खोज र अनुसन्धानपछि ‘इन्ट्राओकुलर’ लेन्स बनाए र आँखाको शल्यक्रिया गर्ने नयाँ उपचार पद्धत्ति पत्ता लगाए । उनले पत्ता लगाएको नयाँ पद्धतिअनुसार शल्यक्रियापछि ‘इन्ट्राओकुलर लेन्स’ बिरामीको आँखामा लगाइन्छ र बिरामीहरू आफैँ आँखाबाट संसार देख्छन् । यस्तो लेन्स विदेशमा भन्दा नेपालमा सस्तो पर्छ । त्यसैले अहिले विश्वका अघिकांश मुलुकमा यही लेन्सको प्रयोग गर्न थालिएको छ ।

मुख्य बुँदाहरू : – रुइतको सुविधा सम्पन्न आँखा अस्पतालको सपना पुरा पार्न लियास्थित फ्रेड .....

प्रस्तुत पङ्क्ति कक्षा १० को नेपाली किताबमा सङ्कलित सन्दुक रुइत शीर्षकको जीवनीबाट उद्धृत .....

21. तलको अनुच्छेद राम्ररी पढी चार ओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा लेख्नुहोस् :
सन्दुक अध्ययनशील तथा जिज्ञासु प्रवृत्तिका बालक थिए । त्यसैले उनका बुबाले काठमाडौँ ल्याए र सिद्धार्थ वनस्थली स्कुलमा भर्ना गरिदिए । यसैबेला सन्दुककी बहिनीको उपचार नपाएर क्षयरोगका कारण दुःखद निधन भयो । आफूभन्दा एक वर्षमात्र कम उमेरकी बहिनीको निधनले उसलाई निकै भावुक बनायो । यस घटनापछि शोकाकुल बनेका सन्दुकले डाक्टर बनेर बाबाको सपनालाई साकार पार्ने दृढ अठोट गरे र लगनशील भएर पढ्न थाले । सिद्धार्थ वनस्थली स्कुलबाटै वि.सं. २०२५ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरी त्रिचन्द्र कलेजबाट आइएस्सी पुरा गरे । यसै समयमा उनकी अर्की बहिनीको पनि दुःखद निधन भयो । यसरी एक पछि अर्को गर्दै उनका एक दाजु र दुई बहिनीको हृदय विदारक अन्त्यले रुइतको जीवनमा पीडामाथि पीडा थपिदियो तर पनि साहस र आत्मबलका साथ अध्ययनलाई निरन्तरता दिइरहे ।

मुख्य बुँदाहरू – सन्दुक अध्ययनशील तथा जिज्ञासु प्रवृत्तिका बालक हुनु, – एक पछि अर्को गर्दै .....

22. तलको अनुच्छेद पढी चार ओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् :
लिङ्कनले मान्छेलाई दास बनाउने प्रथालाई निर्मूल गर्ने सङकल्प गरे । यो प्रथालाई सजिलैसँग उखेलेर फ्याँक्न सम्भव थिएन । त्यसका लागि सबैमा यो प्रथा असल होइन भन्ने कुराको चेतना जगाउनुआवश्यक थियो । लिङ्कन ठाउँ–ठाउँमा यसको विरोध गर्दै हिँडे । यो प्रथा उन्मूलन गर्न सबैलाई आह्वान गरे । गरिब, निमुखा र सचेत मानिसहरू यिनका कुरा र विचार मन पराउँथे । सामन्त वर्गले यस्ता कुरा किन मन पराउँथे र ! त्यस बेलाका शासक, ठुलाबडा र जमिनदारहरू यिनको विचारलाई वाहियात र काम नलाग्ने कुरा भन्दै खिल्ली उडाउँथे । कोही–कोही त लिङ्कनका यस्ता क्रान्तिकारी विचार धेरै दिनसम्म टिक्दैन भनी आलोचना पनि गर्थे । कुनै नयाँ विचारलाई सर्वमान्य एवम् मूर्तरूप दिने काम सजिलो हुँदैन । त्यसका लागि निरन्तर लागी रहनुपर्दछ ।

बुँदा टिपोट १. कुनै पनि नयाँ विचारलाई सर्वमान्य एवम् मूर्तरूप दिने काम सजिलो नहुने भएकाले .....

23. तलको अनुच्छेद राम्ररी पढी चार ओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् :
बालबालिका शारीरिक तथा मानसिक रूपमा परिपक्क नहुने  हुँदा उनीहरूलाई विशेष स्याहार र सुविधाको आवश्यकता पर्दछ । उनीहरूलाई संरक्षण गर्नु बाँच्नकालागि चाहिने आधारभूत कुराहरूको व्यवस्था गर्नु, शिक्षा प्रदान गर्नु, स्वाथ्य सेवा पुर्‍याउनु, खेल, मनोरञ्जन र आराम गर्नु, मातृस्नेह दिनु, हेला, दुव्र्यवहार  र शोषणबाट जोगाउनुपर्दछ । शान्ति, समझदारी र सुरक्षापूर्ण वातावरणमा असल शिक्षा हासिल गर्दै स्वस्थ भएर आफ्नो बाल्यकाल बिताउनु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो । बाल अधिकार भनेको बालबालिकालाई सामाजिक असुरक्षा, अशिक्षा, अवहेलना, तिरस्कार, शोषण र उत्पीडनका विरुद्ध संरक्षण प्रदान गर्दै तिनको बालपनको सुनिश्चितता गर्नु हो । बालबालिका स्वयम्ले आफ्नो अधिकार लिन नसक्ने हुँदा उनीहरूको अधिकार संरक्षण गर्नु वयस्कहरूको दायित्व हो । सङ्क्षेपमा भन्नुपर्दा बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकारको समष्टिगत रूप हो । संंयुक्त राष्ट्रसङ्घका बीस सदस्य राष्ट्रहरूले राज्य पक्षको रूपमा अनुमोदन गरेपछि यो सन्धि सन् १९९० सेप्टेम्बर २ तारिकका दिनदेखि औपचारिक रूपमा लागुभएको छ ।

मुख्य बुँदाहरू – बालबालिका शारीरिक तथा मानसिक रूपमा परिपक्क नहुने हुँदा विशेष स्याहार र .....

24. तलको अनुच्छेद राम्रोसँग पढी चार ओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् :
समाजको जो कोही मानिसलाई कानुनी निर्णय दिने अधिकार हुँदैन । तसर्थ कानुनी प्रश्न गाँसिएका विषयहरूको छिनोफानो सम्बन्धित निकायबाटै हुनुपर्दछ । व्यक्ति–व्यक्तिले कानुनलाई आफ्नो हातमा लिन र जोसुकैले कानुनको प्रयोग गर्न पाउँदैन । चोरी, डकैती, कुटपिट वा हुलहुज्जत, लागु पदार्थको प्रयोग वा कारोबार, सार्वजनिक सम्पत्तिको विनाश र यस्तै अनैतिक क्रियाकलापसँग सम्बन्धित मुद्दाहरू हामीले सम्बन्धित निकायमै पु¥याउनुपर्दछ । अन्य सानातिना घरघरायसी कुलो पैनी, लेनदेन र टोलछिमेकका साधारण समस्याहरू समाजमा बसेर नै छिनोफानो गर्नु जाती हुन्छ । यसो गर्नाले कानुनको सम्मान पनि हुन्छ र सानातिना समस्या समाज बसेर नै सुल्झाउने सामाजिक दायित्व पनि बढ्छ । यसरी हामी सबैले कानुनको सम्मान गर्ने र त्यसलाई शक्तिशाली बनाएर नै आफ्नो सभ्यताको परिचय दिन सक्छौँँ । वास्तवमा कानुनी राजमा सबैको एक मात्र भरपर्दो रक्षक कानुन मात्र हुन सक्छ ।

बुँदा टिपोट १. जो कोही मानिसलाई कानुनी निर्णयको अधिकार नहुने भएकाले कानुनी विषयको छिनोफानो .....

25. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नका उत्तर लेख्नुहोस् :
अर्काको मपाइँत्व स्वीकार नगरेर ‘म’ कै महिमाको मादल बजाउनु मपाइँ बन्नु हो । सभ्यताको जति जति विकास हुँदै आयो, उति उति मपाइँत्व प्रवृत्ति पनि विष्णुमतीको मुला मौलाए झैँ मौलाउँदै आएको छ । त्यसैले प्रत्येक व्यक्ति आफूलाई हात्ती सम्झन्छ, अरूलाई बोका । अब समाज हात्ती हात्तीको हो वा बोकै बोकाको हो, कसले छुट्याइदिने ? अर्को शब्दमा मपाइँत्व एक नशा हो, यसले लठ्याएपछि कक्टेल पार्टीका श्रीमान्हरू झैँ सबै मपाइँहरू एक अर्काबिच ठक्कर खान र चर्किन थाल्छन् । सम्झनु भएन ? राम र रावणको मपाइँत्व बजारिएर लङ्का उठ्यो, भूमि र दुर्योधनको मपाइँत्व चर्केर कुरुक्षेत्र बन्यो ।

प्रश्नहरू :
क. मपाइँत्व बन्नु भनेको के हो ?
ख. के कुरा विष्णुमतीको मुला मौलाए झैँ मौलाएको छ ?
ग. हरेक व्यक्तिले आफुलाई र अरुलाई के–के सम्झेको हुन्छ ?
घ. मपाइँत्वको लठ्याएपछि मानिसहरू के गर्न थाल्छन् ?
ङ. क–कसले मपाइँत्वले लङ्का र कुरुक्षेत्रमा लडाइँ भयो ?

क. मपाइँत्व बन्नु भनेको अरूको तपाईंत्व स्वीकार नगरेर ‘म’ कै महिमाको मादल बजाउनु हो । ख. .....

26. तलको अनुच्छेदका राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नका उत्तर दिनुहोस् :
वातावरण भन्नाले हामी दुई किसिमले वुझ्ने गर्दछौँ, एउटा प्राकृतिक वातावरण र अर्को सामाजिक सांस्कृतिक वातावरण । प्राकृतिक वातावरण भन्नाले जो प्रकृतिले निशुल्क प्रदान गरेको परिवर्तन गर्न नसकिने जस्तै हावापानी, माटो, वनजङ्गल, पशुपन्छी, तापक्रम, खनिज आदि प्राकृतिक वातावरण अन्र्तगत पर्दछन भनेर वुझ्दछौँ भने सामाजिक सांस्कृतिक वातावरण अन्र्तगत मूल्य, रीति, परम्परा, धर्म, सामाजिक संगठन, लेनदेन आदि सामाजिक सांस्कृतिक वातावरणभित्र पर्दछन भनेर बुझ्दछौँ । मानववाहेक पृथ्वीका सम्पूर्ण प्राणीले प्राकृतिक वातावरणलाई नै घर बनाएका हुन्छन अर्थात् उनीहरू बाँच्ने भनेकै प्राकृतिक वातावरणमा नै हो । मानवले भने दुवै वातावरणको उत्तिकै प्रयोग गरेको हुन्छ त्यसैले बाच्नका लागि वातावरणको अत्यन्तै महत्त्व हुन्छ । ओजन तहको विनासका कारण सूर्यबाट अत्यधिक रूपमा आउने परावैजनी किरण पृथ्वीमा आउने र पृथ्वीबाट माथि फर्केर जाने वातावरण नभएकै कारण पृथ्वीमा विश्वव्यापि उष्णता, जलवायु परिवर्तन, मरुभूमिकरण जस्ता समस्या अत्यधिक मात्रामा देखापरिरहेका छन् । विकासका नाममा वातावरणलाई असरपर्ने काम पनि अत्यधिक भैरहेका छन् । जस्तै वायु प्रदूषण, जल प्रदूषण, ध्वनि प्रदूषण, वायु प्रदूषण, कलकारखाना र गाडीमोटरहरूले अत्यधिक गरिरहेका छन् । यसकै कारण डरलाग्दा रोगहरू पनि बढिरहेका छन् ।

प्रश्नहरू :
क) प्राकृतिक वातावरण भन्नाले के बुझिन्छ ?
ख) सामाजिक सांस्कृतिक वातावरण अन्तर्गत के के पर्दछन् ?
ग) ओजन तहको विनाशबाट वातावरणमा पर्ने असरहरू के के हुन् ?
घ) विकासका नाममा वातावरणलाई के के कुराहरूले असर गरिरहेका छन् ?
ङ) वातावरण प्रदूषणका कारण कस्ता रोगहरू बढि रहेका छन् ?

क) प्राकृतिक वातावरण भन्नाले जो प्रकृतिले निशुल्क प्रदान गरेको परिवर्तन गर्न नसकिने जस्तै .....

27. दिइएको गद्यांश राम्ररी पढी तल सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
सडकमा गुड्ने सवारीसाधनका कारण हुने मानवीय तथा भौतिक क्षति दुर्घटना हो । बढ्दो जनसङ्ख्या र सवारीसाधनको बढ्दो चापले आजकल सडक दुर्घटना ताजा समाचार बन्ने गरेको छ । जुन मानिसका लागि अत्यन्त दुःखद् र हृदयविदारक कुरा हो । सामान्यतया पहाडी र शहरी  क्षेत्रमा सडक दुर्घटना बढी हुने गरेको छ । जनसङ्ख्याको चाप, सडकको क्षमताभन्दा बढी सवारीसाधनभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति, सवारी नीति नियमको पालना नगर्नु, अपरिपक्क चालक र तिनले तीव्र गतिमा गर्ने अस्वथ्य प्रतिस्पर्धा आदि सडक दुर्घटनाका कारण हुन् । यस्ता घटनाहरू न्यूनीकरणका लागि सवारीसाधन प्रयोगकर्ता र यात्रुहरू नै मूलरूपमा सचेत हुनुपर्दछ । सवारीसाधन नियमपूर्वक सञ्चालन गर्नुपर्दछ । साँगुरो घुम्ती बाटो र मानव भीड भएका ठाउँमा मादक पदार्थ सेवनगरी तीब्र गतिमा सवारी चलाउनु हुँदैन । सडक दुर्घटना कुनै एउटा गाउँ सहर वा देशको समस्या मात्र होइन यो विश्वव्यापी समस्या हो । सवारी दुर्घटनाका कारण मानिसले अकालमा ज्यान गुमाउनुपर्दछ, अङ्गभङ्ग भएर कहाली लाग्दो जीवन जीउनुपर्ने र आफू क्षमतावान् हुँदाहुँदै पनि अरूको साहारामा निरस जीवन बाँच्न बाध्य हुनुपर्दछ ।

प्रश्नहरू :
क) सवारी दुर्घटना भनेको के हो ?
ख) सवारी दुर्घटनाका कारणहरू के के हुन् ?
ग) सडक दुर्घटनाले के कस्ता समस्याहरू निम्त्याउँछ ?
घ) सडक दुर्घटना कसरी न्यूनीकरण गर्न सकिन्छ ?
ङ) मानिस अरूको सहारामा निरस जीवन किन बाँच्नुपर्दछ ?

क) सडकमा गुड्ने सवारीसाधनका कारण हुने मानवीय तथा भौतिक क्षति दुर्घटना हो । ख) जनसङ्ख्याको चाप, .....

• हरिले फुटबल खेले । (सामान्य भूत) • हरिले फुटबल खेल्दै थिए । (अपूर्ण भूत) • हरिले फुटबल .....

क) अशोकद्वारा धेरै पुस्तक पढिन्छ । ख) आमा सानो भाइलाई सुताउनुहुन्छ । ग) हामीले सबै काम .....

आज = क्रिया विशेषण बादल = नाम सँग = नामयोगी त्यसैले = क्रिया विशेषण हामी = सर्वनाम ढाकेको छ = .....

क) अ) शोषण आ) विवेकशील ख) रामचन्द्रले भने, “मेरा विचारमा जननी र जन्मभूमि स्वर्गभन्दा पनि .....

समूह ‘क’                     समूह ‘ख’ स्वजन    —————  .....

33. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
वैज्ञानिक दृष्टिकोणबाट जौ र जमराका महत्त्व कम छैन । हिन्दु धर्मशास्त्रमा जनैलाई पवित्र वस्तुका रूपमा लिइन्छ । नेपालीहरूको महान् चाड दसैँअन्तर्गत घटस्थापनाको दिन नदी तलाउबाट शुद्घ बालुवा वा माटोमा प्रकाश नआउने ठाउँमा जौ छरेर जमरा उमारिन्छ । यसरी उमारिएको पहेँलो जमरालाई धर्मशास्त्रमा समृद्घिको प्रतीक मानिन्छ । जौ निकै पौष्टिक खाद्यतत्त्वका पदार्थका रूपमा पर्दछ । यसमा कार्बोहाइड्रेड प्रोटिनका साथै  विभिन्न भिटामिनहरू प्रशस्त मात्रामा पाइन्छ । त्यसैले जौको सातु सबैतिर चर्चित छ । जौ खाद्य सुरक्षाका दृष्टिले मात्र होइन औषधीय गुणले पनि युक्त छ । धर्मशास्त्रअनुसार देवकार्य तथा पितृकार्यमा जौको विशेष महत्त्व छ । आयुर्वेदिक ग्रन्थमा जौको दाना र जमराबाट गर्न सकिने उपचारका बारेमा व्यापक उल्लेख भएको पाइन्छ । जौको जमराको रसले पेटको रोग वायु विकार जस्ता समस्या दुर भगाउँछ । जमराको रसलाई सौन्दर्य प्रशोधनमा पनि प्रयोग गरिएको पाइन्छ । यसले उच्च रक्तचाप, क्यान्सर, मधुमेह लगायतका रोगीलाई लाभ दिन्छ । जौको जमराको गाउँ घरतिर अहिले पनि दसैँको जमरालाई सुकाएर राखी पेट दुख्दा तथा ज्वरो आउँदा पानीमा उमालेर खाने चलन छ । यसरी धर्म शास्त्रमा अन्नको राजा मानिने जौलाई धार्मिक र पौराणिक हिसाबले मात्र नभई वैज्ञानिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । अतः सम्वृद्धिको प्रतीक मानिने जमरा र जौ मानव स्वाथ्यका निम्ति ज्यादै गुणकारी मानिन्छ । 

प्रश्नहरू :
क) जौ कसरी उमारिन्छ ?
ख) धर्मशास्त्रमा जौलाई केको प्रतीक मानिन्छ ?
ग) जौ र जमराले केका रोगीलाई लाभ दिन्छ ?
घ) जौमा कुनकुन तत्त्वहरू पाइन्छन् ?
ङ) जमराको रसलाई केमा प्रयोग गरिएको पाइन्छ ?

क) नदी तलाउबाट शुद्घ बालुवा वा माटोमा प्रकाश नआउने ठाउँमा जौ छरेर जमरा उमारिन्छ । ख) .....

34. तलको अनुच्छेदका राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नका उत्तर दिनुहोस् :
गरिबी नेपालको चुनौतीपूर्ण जटिल समस्या हो । अपार प्राकृतिक सम्पदा र उल्लेखनीय सांस्कृतिक वैभवले युक्त भएर पनि हामी नेपालीहरू गरिबकै गरिबी कारण विश्वमा पछ्यौटे मानव समुदायमा गनिदैँ आएका छौँ । अझै गृहयुद्ध र भोकमारीले जर्जरित राष्ट्र इथियोपियाकै हाराहारीमा नेपाल पनि गणना हुनु निश्चयनै हामी नेपालीहरूको श्रापित नियति दुर्भाग्य हो । गरिबीका कारणले यो राष्ट्र थुप्रै प्रतिभाशाली सन्ततिहरूलाई पाल्न सकिरहेको छैन । अवसर र मूल्याङ्कनको अभावमा प्रतिभा पलायनको पीडाले हाम्रा सचेत मस्तिष्कमा हथौडा हिर्काइरहेका छन् । तर पनि हामी बाध्यतावश यी सबै पीडा पिइरहेका छौँ र चपाइरहेका छौँ । नेपाल प्रसूति स्त्री जस्तै वात्सल्य र दुग्धामृतले युक्त प्रकृतिको अनुपम सौन्दर्यभूमि हो तर प्रसूति स्त्रीले पनि राम्रो आहार विहारको अभावमा आफ्ना सन्तानलाई दुग्धपानले सन्तुष्ट पार्न सक्दिनन् । प्राकृतिक सम्पदाले युक्त भएर पनि गरिबीको चक्रव्यूहबाट उम्किन नसकिरहेको नेपाल हाम्रो असन्तुष्टि साम्य गर्न नसक्नु प्रस्तुत दृष्टान्त जत्तिकै स्वाभाविक हो । यसका लागि यो देहका चेतनशील नागरीक हामी आफैँले गरिबीसँग लडेर वात्सल्यमयी नेपाल आमाको जर्गेना गर्न सक्नुपर्दछ । वास्तवमा यतिबेला हामीबिच विद्यमान् द्वेष, विग्रह एवम् मतभिन्नताका फलामे अङ्कुशहरू चुँडालेर देश विकास र गरिबीको निवारणको हातेमालोमा आवद्घ हुने सामूहिक चुनौती हाम्रा सामु उपस्थित छन् ।

प्रश्नहरू :
क) अपार प्राकृतिक सम्पदा भएर पनि हामी नेपाली किन विश्वका पछौटे मानव समुदायमा गनिँदै आएका छौँ ?
ख) कस्तो सामूहिक चुनौती हामी सामु उपस्थित छ ?
ग) गरिबी निवारणका लागि के कुराको खाँचो देखिएको छ ?
घ) नेपाल आमालाई प्रसूति नारीसँग तुलना गर्नुको कारण के हो ?
ङ) नेपालीहरूको दुर्भाग्य के हो ?

क) गरिबीका कारणले यो राष्ट्र थुप्रै प्रतिभाशाली सन्ततिहरूलाई पाल्न सकिरहेको छैन । अवसर र .....

यस कवितामा भरतराज पन्तले मानिसले सन्तुष्टि हुनको लागि जे काम गर्न पनि पछि नपर्ने भनिएको छ । .....

36. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नका उत्तर लेख्नुहोस् :
यातायात राष्ट्र विकासको आधार हो । यसले मानवीय जीवनस्तर उकास्न र राष्ट्र विकासको गतिलाई बढवा दिन सहयोग पु¥याउँछ । यातायातले जल, थल र नभ तीनवटै क्षेत्रलाई प्रतिनिधित्व गरेपनि नेपालमा थल यातायातकै बढी विकास भएको छ । नेपालको अधिकांश भाग पहाड भएकोले ती ठाउँमा थल थल यातायातको बढी महत्त्व छ । मेचीदेखि महाकालसम्मका तराई भाग मूलतः थल यातायातकै रूपमा विकसित छन् । नेपालको अधिकांश भाग पहाड भएकोले ती ठाउँमा थल यातायातको विकाश न्यून स्तरको रहेको छ । त्यस्ता पहाडी क्षेत्रमा नभ यातायातको महत्त्व बढी छ । हवाईसाधनहरूको पहाडी क्षेत्रको यातायातको अभावलाई केही मात्रामा परिपूर्ति गरेका छन् । यहाँ जल यातायातको सम्भावना सीमित मात्र देखिन्छ । समुद्रसँग नजोडिएको र प्रायः पहाडी क्षेत्र रहेको कारण यसको न्यून सम्भावना रहेको छ । नेपालमा यातायातको जे जस्तो स्थिति छ त्यसले व्यक्ति र सरसामानको ओसारपसारका अतिरिक्त देशको भौगोलिक विविधतालाई जोड्न सघाउ पु¥याउँछ । यसबाट एक अर्काको संस्कृति रहनसहन आदि बुझ्न र भावनात्मक आदानप्रदानमा पनि ठूलो सहयोग गर्दछ । त्यसैगरी उद्योग व्यापार बढाई देशलाई आर्थिक दृष्टिले सबल बनाउन पनि मद्दत गर्छ । यसबाट हरेक व्यक्तिले समान रूपमा लाभान्वित बन्ने अवसर पनि पाउँछन् । यसर्थ, यातायात राष्ट्रको चौतर्फी विकासको मूल आधार भएकोले नेपालमा यसको अधिक महत्त्व रहेको छ ।

प्रश्नहरू :
क) नेपालमा कस्तो यातायातको बढी विकास भएको छ ?
ख) पहाडी क्षेत्रमा कस्तो यातायातको विकास भएको छ ?
ग) जलयातायातको सम्भावना नेपालमा कस्तो रहेको छ ?
घ) यातायातबाट क–कसले लाभ लिन सकिन्छ ?
ङ) यस अनुच्छेदको निम्ति उपयुक्त शीर्षक के होला ?

क) नेपालमा जल, थल र नभ तीनवटै क्षेत्रलाई प्रतिनिधित्व गरे पनि थल यातायातकै विकास भएको छ .....

समूह ‘क’                                समूह ‘ख’ सुगन्ध             .....

क) गङ्गाले आमालाई बोलाइछे । ख) हामीहरू परीक्षा लेख्दै छौँ । घ) तिमी मिठो गीत लेख्नू । ग) .....

39. क. दिइएका बुँदाको आधारमा छोटो कथा तयार पारी उपयुक्त शीर्षक दिनुहोस् :
एकादेशमा एउटा व्यापारी हुनु ........ व्यापारीको सेवकको रूपमा बाँदर हुनु ........ बाँदरले व्यापारीको हरतरफले सेवा गर्नु ........ एकदिन व्यापारी खाटमा पल्टेर आराम गर्नु ........ थकाइका कारण ऊ भुसुक्कै निदाउनु ........ गर्मीको समय भएकाले पङ्खा हल्लाएर बाँदरले व्यापारीको सेवा गरिरहनु ........ त्यही बेला व्यापारीको नाकमा झिँगा बस्नु ........ बाँदरले धपाउनु ........ झिँगा पुन: आउनु ........ यसरी बारम्बार झिँगा आउँदा र धपाउनु पर्दा बाँदर हैरान हुनु ........ बाँदरलाई रिस उठ्नु ........ भित्र गएर तरबार ल्याउनु ........ झिँगा आएर व्यापारीको नाकमा बस्ने बित्तिकै रिसको झोकमा बाँदरले तरबार निकालेर हान्नु ........ झिँगा त्यहाँबाट भाग्नु ........ व्यापारीको नाक काटिनु ........ मुर्खको सङ्गत हानीकारक हुने सन्देश ।

ख. मनकामना खाद्य स्टोर, काठमाडौँले वीरगञ्ज खाद्य भण्डार, वीरगञ्जलाई आवश्यक पर्ने खाद्य सामग्री यथाशीघ्र पठाइदिनु भन्ने व्यहोराको चिठी तयार पार्नुहोस् । 

क. मूर्खको सङ्गत एकादेशमा एउटा व्यापारी थियो । उसले आफ्नो व्यापार व्यवसायबाट पर्याप्त .....

क) विशाल लण्डन पुगेको हुनेछ । ख) ऊ बनेपा गएको थियो । ग) रमा स्कुटर चलाउँदै छिन् । घ) तिमीले .....

क) आमा दैलेख जानु हुनेछ । ख) रामले फूलको बोट रोपेको थियो । ग) खेलाडीहरू क्रिकेट खेल्दै .....

समूह ‘क’                                समूह ‘ख’ सुगन्ध             .....

समूह ‘क’                                  समूह ‘ख’ मर्म                .....

समूह ‘क’                                   समूह ‘ख’ थाङ्का            .....

क) विद्यार्थीहरू भलिवल खेल्दै छन् । ख) कालो कुकुर भुकेको हुनेछ । ग) सयपत्री फूल फुल्दै छ । घ) .....

46. तलको अनुच्छेद राम्ररी पढी चार ओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् :
सादा जीवन उच्च विचारमा सदा आस्था राख्ने, मानजातिको हकहितका लागि मरिमेट्ने र मानवतावादको सिद्धान्तद्वारा विश्वमा शान्ति, समानता र भातृत्वको भावना फैलाउने एक कर्मठ अग्रणी विचारक जयपृथ्वीबहादुर सिंह ‘व्यक्ति एक, प्रतिभा अनेक’ भएका बहुआयामिक व्यक्तित्वका धनी थिए । ‘आफ्नो मुलुकको भलाई र उन्नति गर्नु सबै नागरिकको धर्म हो’ भन्ने जयपृथ्वीबहादुर सिंह ज्यानको बाजी थापेर मानवको क्षेत्रमा जुट्ने गर्थे । असल काम गर्नु सबैको भलो चिताउनु हो, सत्यबाट सन्तोष पाइन्छ, खराब विचार र घृणाबाट दु:ख हुन्छ, राम्रो कामको फल मिठो हुन्छ र नराम्रो कामको फल नराम्रै हुन्छ भन्ने उनका उच्च मानवतावादी विचारहरू आज पनि हाम्रो लागि मार्गदर्शक बनेका छन् । जातजाति र धर्म सम्प्रदायबाट माथि उठेर, विश्वलाई आफ्नो घर ठानी सारा मानिसलाई आफ्नो बन्धुबान्धव मान्नु उनका महानतालाई पुष्टि गर्ने आधारहरू हुन् । त्यतिमात्र नभएर निर्भीक स्वभाव, विकास निर्माणप्रति मोह, शिक्षा र समाजसुधारतर्फको अनुराग उनका व्यक्तित्वका चिनारी हुन् । यस्तै उदाहरणीय तथा प्रशंसनीय कार्य गर्दागर्दै वि.सं. १९९७ साल आश्विन १ गतेका दिन उनी यस संसारबाट बिदा भए तापनि अझसम्म सम्पूर्ण नेपालीको हृदयमा रहेका छन् ।

चारओटा बुँदा निम्नालिखित छन् : – जयपृथ्वीबहादुर सिंह विश्वमा शान्ति, समानता र भातृत्वको .....

आज विद्यालयमा भइरहेको वक्तृता प्रतियोगितामा म पनि सहभागी हुँदै छु । यस कार्यक्रमका लागि म .....

क) ‘सुगम’ को विपरीतार्थी शब्द दुर्गम हो । ख) ‘विपुल’ शब्दको पर्यायवाची शब्द धेरै हो । ग) .....

क) अ) उपसर्ग : अभि + यान = अभियान                    अनु+भव  = अनुभव आ) प्रत्यय : थाल् +अनी = .....

50. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नका उत्तर लेख्नुहोस् :
गरिबी नेपालको चुनौतिपूर्ण जटिल समस्या हो । अपार प्राकृतिक सम्पदा र उल्लेखनीय सांस्कृतिक वैभवले युक्त भएर पनि हामी नेपालीहरू गरिबीकै कारण विश्वकै पछौटे मानव समुदायमा गनिँदै आएका छौँ । अझै गृहयुद्ध र भोकमरीले जर्जरित राष्ट्र इथोपियाकै हाराहारीमा नेपाल पनि गणना हुनु निश्चय नै हामी नेपालीहरूको श्रापित नियति र दुर्भाग्य हो । गरिबीका कारण यो राष्ट्रले थुप्रै प्रतिभाशाली सन्ततिहरूलाई पाल्न सकिरहेको छैन । अवसर र मूल्याङ्कनको अभावमा प्रतिभा पलायनको पीडाले हाम्रा सचेत मस्तिष्कमा हथौडा हिर्काइरहेका छन् तर पनि हामी बाध्यतावश यी सबै पीडा पिइरहेका छौँ र चपाइरहेका छौँ । नेपाल प्रसूती स्त्री जस्तै बात्सल्य र दुग्धामृतले युक्त प्रकृतिको अनुपम सौन्दर्यभूमि हो तर प्रसूती स्त्रीले पनि राम्रो आहार विहारको अभावमा आफ्ना सन्तानलाई दुग्धपानले सन्तुष्ट पार्न सक्दिन । प्राकृतिक सम्पदाले युक्त भएर पनि गरिबीको चक्रव्युहबाट उम्किन नसकिरहेको नेपालले हाम्रो असन्तुष्टि साम्य गर्न नसक्नु प्रस्तुत दृष्टान्त जत्तिकै स्वाभाविक हो । यसका लागि यो देशका चेतनशील नागरिक हामी आफैँले गरिबीसँग लडेर वात्सल्यमयी नेपाल आमाको जगेर्ना गर्न सक्नुपर्दछ । वास्तवमा यतिबेला हामीबिच विद्यमान द्वेष, विग्रह एवम् मतभिन्नताका फलामे अङ्कुशेहरू चुँडालेर देश विकास र गरिबी निवारणको हातेमालोमा आबद्ध हुने सामूहिक चुनौती हाम्रा सामु उपस्थित छ ।

प्रश्नहरू :
क. अपार प्राकृतिक सम्पदा भएर पनि हामी नेपालीहरू किन विश्वका पछ्यौटे मानव समुदायमा गनिँदै आएका छौँ ?
ख. कस्तो सामूहिक चुनौती हामी सामू उपस्थित छ ?
ग. गरिबी निवारणका लागि के कुराको खाँचो देखिएको छ ?
घ. नेपाल आमालाई प्रसूती स्त्रीसँग तुलनासँग गनुृको कारण के हो ?
ङ. नेपालीहरूको दुर्भाग्य के हो ?

क. अपार प्राकृतिक सम्पदा भएर पनि नेपालीहरू गरिबीका कारण पछ्यौटे मानव समुदायमा गनिँदै आएका छौँ .....