Students and Teachers Forum

                                                   बेरोजगारी समस्या र .....

                                                                    .....

पापपुण्य : पाप वा पुण्य बाढीपीडित : बाढीले .....

बुबाआमा : बुबा र आमा डरले छेरुवा : .....

5. क) तलका उपसर्ग र प्रत्यय लगाई एक एक शब्द बनाउनुहोस् :
उपसर्गः अनु, नि
प्रत्ययः इय, औटा

अथवा
तलको अनुच्छेदबाट उपसर्ग लागेर बनेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी लेख्नुहोस् :
नेपाली भाषाको व्याकरणिक नियम संस्कृतसँग निकै मिल्दोजुल्दो छ । तर समयसापेक्ष यस भाषाका नियमहरू परिवर्तित हुँदै आएका छन् । विद्वान्हरूले यस्ता भाषिक नियमहरूलाई गम्भीर रूपमा नलिँदा समस्या उत्पन्न हुने गरेको छ ।

ख) तलका शब्दको समास वा विग्रह गर्नुहोस् :
नीलकण्ठ, लाज नभएको

अथवा
तलको अनुच्छेदबाट समास गरिएको एउटा शब्द र विग्रह गरिएको कुनै एक अवस्था पहिचान गरी समस्त शब्दको विग्रह र विग्रहित अवस्थाका शब्दको समास गर्नुहोस् :


नकटो मानिसलाई देखेर मेरो मनमा जिज्ञासा उत्पन्न भयो । मैले तत्कालै गुरु आमालाई सोधेँ । उहाँले “तिमी जस्ता स–साना केटाकेटीले अर्काको कुरामा ध्यानदिनु राम्रो होइन भन्नुभयो ।”

क) उपसर्गः अनु, नि                      प्रत्ययः इय, औटा अनु + वाद = अपवाद       .....

क) सावित्रीद्वारा मेरो कुरा सुनिएन । ख) म सधैँ तिमीले भनेको मान्दिनथेँ । ग) शिक्षकले रमालाई .....

समास            विग्रह तलमाथि    =  तल माथि घरमाथि     =  घर माथि बाढीपीडित =  .....

समस्त शब्द   विग्रह शब्द माछापुछ्रे   ⇒  माछाको जस्तो पुच्छर छ जसको चरीनङग्रे  .....

‘संस्कति’ हामीले सधियौँदेखि मानिआएको परम्परा हो । भाषा, साहित्य, धर्म, कला, दर्शन, चाडपर्व, .....

                                                              .....

11. तलका अनुच्छेद पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) हो, संस्कृतिको चरित्र परम्परागत हुन्छ तर अपरिवर्तनशील भने हुँदैन । संसार परिवर्तनशील छ । मानिसका चाहना र आवश्यकताहरू असीमित छन् र निरन्तर सुख, सुविधा र नयाँ नयाँ अवसरको खोजी गर्नु मानिसको चरित्र नै हो । त्यसैले संस्कृति सदैव एकैनासको हुँदैन र हुन सक्दैन पनि । मानिसले लगाउने कपडा, खानपिन, कामधन्दा आदि बिस्तारै आरामदायी, सुखदायी बन्नेतर्फ अग्रसर हुने गर्दछन् तिनको गतिलाई रोक्न सकिँदा पनि सकिँदैन र त्यसो गर्नु उचित पनि हुँदैन । त्यसैले मानिसका आचार, व्यवहार, खानपान आदि समय समयमा परिष्कार भइरहन्छन् ।

प्रश्नहरू :
(अ) मानिसको चरित्र के हो ?
(आ) संस्कृति भनेको के हो ?

(ख) तलका अनुच्छेद पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
संस्कृति मानिसको सामूहिक जीवन शैली हो । संस्कृतिले कुनै राष्ट्र, जाति वा समुदायका सामाजिक जीवन, आर्थिक व्यवस्था, राजनीति, चाल चलन, खानपिन, पहिरन, चिन्तन, अनेकन कुरालाई जनाउँछ । त्यस्तै भाषा, साहित्य, धर्म, कला, दर्शन, चाडपर्व, परम्परा आदिको समष्टि नाम नै संस्कृति हो । संस्कृतिले कुनै राष्ट्र, जाति वा समुदायका मानिसका खाने तरिका, बोल्ने तरिका, सोच्ने तरिका, हिँड्ने तरिका, बस्ने तरिकालाई समेत जनाउँछ । कुनै समयको समाजले त्यति बेलाको सामाजिक आवश्यकताको लागि बनाएको आचार, व्यवहार वा क्रियाकलापले निरन्तरता पाएपछि त्यो संस्कृति बन्दछ । संस्कृति कुनै पनि राष्ट्र, जाति वा समुदायलाई चिनाउने मुख्य आधार हो । संस्कृति समाजलाई एकताबद्ध गर्ने एउटा कडी पनि हो ।

प्रश्नहरू :
(अ) संस्कृति कसरी बन्दछ ?
(आ) ‘संस्कृति समाजलाई एकताबद्ध गर्ने एउटा कडी पनि हो’ भन्ने भनाइलाई पुष्ट्याउनुहोस् ।

(क) (अ) निरन्तर सुख ,सुविधा र नयाँ नयाँ अवसरको खोजी गर्नु मानिसको चरित्र हो । (आ) संस्कति हामीले .....

12. दिइएका बुँदाका आधारमा छोटो कथा तयार पारी उपयुक्त शीर्षक दिनुहोस् :
कुनै वनमा धरै परेवाहरू बस्ने गरेका ............. वनको नजिक किसानको खेत ............. परेवाले सधैँ धान खाइदिनु ............. किसानले जाल हाल्नु ............. बुढो परेवाले देखेर अरू परेवालाई धान नखान भन्नु ............. अरूले नमान्नु ............. सबै जालमा पर्नु ............. बुढो परेवालाई जालबाट छुट्ने उपायका लागि अनुरोध गर्नु ............. बुढो परेवाले किसान आएर जाल झिक्दा सबैले मरेजस्तै गर्नू र जालबाट झिकेपछि सबै एकैसाथ उड्नू भन्ने सल्लाह दिनु ............. बुढो परेवाको सहायताले सबै परेवा बाँच्नु ............. आफूभन्दा अग्रज परिपक्वले दिएको सल्लाह नमान्दा दुःख पाइने सन्देश ।

                                                                      .....

                                                                    .....

14. तलका अनुच्छेद राम्ररी पढी चार ओटा बुँदा टिप्नुहोस् र एकतृतीयांशमा सारांश लेख्नुहोस् :
संस्कृति भूगोल, जातिअनुसार फरक हुन्छ । तराई मधेसमा गर्मी हुने भएकाले त्यहाँका मानिसको पहिरन बढी खुला प्रकृतिको हुन्छ । हिमाली भेकमा अत्याधिक जाडो हुने भएकाले त्यहाँको पहिरन बढी नै बन्द प्रकृतिको हुन्छ । त्यस्तै पहाडको हावापानी धेरै गर्मी र धेरै जाडो नहुने भएकाले त्यहाँको पहिरन सोही प्रकृतिको हुन्छ । त्यस्तै खानपिन, मेला, उत्सव, जीवन संस्कार, चाडपर्व, बोलीचाली आदि पनि हावापानीअनुसार फरक हुन्छन् । संस्कृति, जात पिच्छे फरक फरक हुन्छन् भन्ने उदाहरण हामीसँग जति पनि छन् । एउटै टोलमा बस्ने शेर्पाहरू ल्होसारमा, राईहरू सकेलामा, नेवारहरू इन्द्र जात्रामा, लिम्बुहरू धान नाचमा रमाउँछन् । महिला र पुरुषका पहिरन, गरगहना, बोली वचनमा पाइने भिन्नताका आधारमा पनि संस्कृति फरक हुने गरेको देखिन्छ । नेपाल सांस्कृतिक दृष्टिले अत्यन्त समृद्ध छ ।  नेपालको संस्कृति भनेको विविधताको संस्कृति हो । नेपालमा वेद, पुराण आदि संस्कृति वाङ्मयको अनुसरण गर्ने संस्कृति छ ।

बुँदा टिपोट – संस्कृति भूगोल, जातिअनुसार फरक हुने, – तराई मधेस, हिमाल, पहाडका मानिसहरूले .....

15. दिइएको गद्यांश राम्ररी पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
नेपालमा मधेस, पहाड र हिमालमा अलग अलग प्रकारका संस्कृति छन् र ती सबै मिलेर नेपाली राष्ट्रिय संस्कृतिको निर्माण भएको छ । हामीलाई थाहा छ, मधेसमा मिथिला, भोजपुरा, अवध आदि संस्कृति छन् । थारुहरूको आफ्नै सांस्कृतिक पहिचान छ । पूर्वी तराईमा रहेका सतार, मेचे, दनुवार, धिमाल, राजवंशीहरूका आफ्नै मौलिकता छन् । त्यसरी नै नेपालमा मुस्लिमहरूको आफ्नै संस्कृति छ । पहाडमा तमाङ, गुरुङ, मगर, राई, लिम्बुका आफ्नै सांस्कृतिक पहिचान छ । हिमाली क्षेत्रमा शेर्पालगायतका विभिन्न जातिका आफ्नै प्रकारका संस्कृति छन् । यसरी देशका सबै धर्म, जाति, भाषा आदिको योगले नेपाली संस्कृतिको साझा रूप तयार भएको छ । हो विविधता नै नेपाली संस्कृतिको मूल पहिचान हो । देउडा, गौरा, लाखे, सेलो, सङ्गिनी, हाकपारे, मारुनी, चुड्का, ख्याली, रोदी, धाननाच, माघी, होली, साकेला, दैउसी, भैलो आदिको समष्टि नै नेपाली संस्कृति हो । यही साझापनमा यही अनेकतामा एकता र आपसी सहिष्णुता नै नेपाली संस्कृति हो ।

प्रश्नहरू :
(क) नेपाली राष्ट्रिय संस्कृतिको निर्माण कसरी भएको छ ?
(ख) मधेसमा कस्ता संस्कृतिहरू छन् ?
(ग) नेपाली संस्कृतिको साझा रूप कसरी तयार भएको छ ?
(घ) नेपाली संस्कृतिको मूल पहिचान के हो ?
(ङ) नेपाली संस्कृति के हो ?

(क) नेपालका मधेस, पहाड र हिमालका संस्कृतिहरू मिलेर नेपाली राष्ट्रिय संस्कृतिको निर्माण भएको छ .....

                                                                      .....

चरीनङग्रे : चराका जस्ता नङग्रा छन् जसका घर माथि : .....

आफ्नो             विशेषण उन्नति             नाम नै                    .....

समूह ‘क’                                        समूह ‘ख’ बलिप्रथा      .....

भोलिपर्सि : भोलि पर्सि लामा कान छन् जसका : .....

21. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
पर्यटन प्रवदर्धनमा प्रचारप्रसारको महत्त्व अत्याधिक हुन्छ । प्रचारप्रसार बिना देशको कुन भागमा के–कस्तो छ ? त्यहाँको गतिविधि कस्तो छ ? आदि कुरा जान्न सकिन्न जसले पर्यटनलाई निकै अप्ठ्यारो अनुभव हुन्छ । देशको ऐतिहासिक, भौगोलिक, प्राकृतिक स्थानहरूको जानकारी दिने नेपाली संस्कृति, नेपाली कलाकौशल, मृदुभाषिता आदि झल्काउने खालका पोस्टर एवम् पत्रपत्रिका विश्वभर फैलाउनुपर्छ । विश्वका विभिन्न मित्रराष्ट्रहरूमा स्थानीय ट्राभल एजेन्सी मार्फत वा सक्षम भएमा कार्यालय खोलेर यस किसिमका प्रचारप्रसार भएमा पर्यटनमा ठूलो सहयोग पुग्ने विश्वास लिन सकिन्छ । पर्यटन नै भविष्यका लागि प्रचारप्रसारका सबल माध्यम हुन् । त्यसैले उनीहरूलाई सन्तुष्ट पारेर पठाउन सकिएको खण्डमा प्रभावकारी प्रचारप्रसार उनीहरूबाटै हुने हुन्छ । स्तरीय होटलको सुप्रबन्ध हुनु पर्यटन प्रवद्र्धनका लागि एक महत्त्वपूर्ण साधन मान्न सकिन्छ । किनकि मानिस जहाँ पुगे पनि उसलाई गाँस बासको आवश्यकता अनिवार्य हुन्छ । त्यसैले हाम्रा स्तरीय होटलले पनि पर्यटकको सङ्ख्यात्मकभन्दा गुणात्मकतालाई ध्यानमा राखी स्तरीय सेवा प्रदान गर्न सक्नु परेको छ ।

प्रश्नहरू :
क. के कुराको अभाव भएमा पर्यटकहरूलाई अप्ठ्यारो अनुभव हुन्छ ?
ख. के–कस्ता कार्यहरूले गर्दा पर्यटनमा ठूलो सघाउ पुग्न सक्छ ?
ग. प्रभावकारी प्रचारप्रसार कसरी हुन्छ ?
घ. हाम्रा स्तरीय होटलहरूले के कुरामा ध्यान दिनु आवश्यक छ ?
ङ. के गर्दा पर्यटनमा ठूलो सहयोग पुग्ने विश्वास लिन सकिन्छ ?

क. प्रचारप्रसारको अभाव भएमा पर्यटकहरूलाई अप्ठ्यारो अनुभव हुन्छ । ख. देशको ऐतिहासिक, भौगोलिक, .....

क) आकाशमा बादल कुद्छ । ख) आमा बजारबाट फर्कनुभएको थियो । ग) उनीहरू आज सबैतिर जाऊन् । घ) तिमी .....

                                                                      .....

24. १. दिइएको गद्यांश राम्ररी पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
अबको संस्कृति पाप, पुण्य, स्वर्ग, नरक आदिका आधारमा निर्धारित हुँदैन । आजको समाज वैज्ञानिक चिन्तनतर्फ गइरहेकोछ । अब पापको हाउगुजीमा मात्र संस्कृति बाँच्दैन । अब विज्ञानका सापेक्षतामा मानिसका आवश्यकता, खुसी, सुख र मनोरञ्जनका रूपमा संस्कृतिलाई ग्रहण गरिन्छ । अहिले विज्ञानको सापेक्षतामा जीवनको व्याख्या हुन्छ । विज्ञान सत्य तथ्यमा आधारित छ । विज्ञानले प्रमाणिकतामा विश्वास गर्छ । कुनै कुराको अवलोकन, जाँच र पारखका आधारमा मात्र सत्य नजिक पुगिन्छ भन्ने मान्यता विज्ञानको छ ।

प्रश्नहरू :
(क) अनुच्छेदमा रेखाङ्कित विभक्ति र कारकको नाम लेख्नुहोस् ।
(ख) उन्मुख र पारख शब्दको अर्थ लेख्नुहोस् ।
(ग) माथिको अनुच्छेदबाट निरपक्ष र झुटो शब्दको विपरीतार्थक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
(घ) विज्ञानले केमा विश्वास गर्छ ?
(ङ) संस्कृतिलाई केको रूपमा ग्रहण गरिन्छ ?

(क) संस्कृतिलाई = द्वितीय विभक्ति (कर्म कारक) विज्ञानले = प्रथमा विभक्ति (कर्ता कारक) (ख) उन्मुख = .....

नेपाल चार वर्ण छत्तिस जातको साझा फूलबारी भनी राष्ट्र निर्माता पृथ्वीनारायण शाहले भनेका यी .....

माथिको सारगर्भित अभिव्यक्ति कक्षा दशको नेपाली किताबमा सङ्गृहित ‘हाम्रो संस्कृति’ नामक .....

माछापुछ्रे : माछाको जस्तो पुच्छर छ जसको तल माथि : .....

प्रत्यागमन कथामा शोभा दुलही भएर यस घरमा आउँदा रामु डेढ वर्षको थियो । रामुका बुबाआमाले सानैमा .....

29. दिएको गद्यांश राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
रामु शोभाको सौतेनी देवर हो । शोभा दुलही भएर यस घरमा आउँदा रामु डेढ वर्षको थियो, शोभा सोर वर्षकी थिइन् । त्यसै वर्ष रामुलाई शोभाको जिम्मा लगाएर रामुकी आमा नफर्कने बाटो लागिन् । त्यस बेलादेखि रामुलाई शोभाले नै पालेर हुर्काइन् । अहिले रामु सात वर्षको भयो, शोभा बाइसकी भइन् । घरमा रामु, उसकी भाउजू र दाजु निर्मलबाहेक अर्को कोही प्राणी छैन । रामुको बुबा त ऊ वर्ष दिन नपुग्दै मरिसकेका थिए । आमा पनि डेढ वर्षमा गइहालिन् । अब यस पितृमातृहीन रामुका निम्ति मातापिता शोभा र निर्मल नै हुन् । घरमा उनका लागि सदा बाल साम्राज्य छ । शोभाबाट उनले प्रशस्त मातृत्व सुख पाइरहेको छ । शोभाको यस अलौकिक गुणको प्रशंसा टोल छिमेकीका समस्त नर नारीले गरिरहेका छन्  ।

प्रश्नहरू :
अ) अनुच्छेदमा रेखाङ्कित विभक्ति र कारक छुट्याउनुहोस् ।
आ) मातृत्व र अलौकिक शब्दको अर्थ लेख्नुहोस् ।
इ) माथिको अनुच्छेदबाट गृह र सम्पूर्ण शब्द पर्यायवाची शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् ।
ई) शोभालाई छिमेकीले प्रशंसा गर्नाको कारण के हो ?
उ) रामुलाई शोभाले कसरी हुर्काइन् ?

अ) रामुका निम्ति = चतुर्थी विभक्ति, सम्प्रदान कारक शोभाबाट = तृतिया विभक्ति, करण कारक आ) मातृत्व = .....

30. तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) तलको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
समाजमा देउरानीले जेठाजु र जेठानीप्रति जुन आधार र विनयको व्यावहार गर्ने चलन छ, त्यो पूर्ण भए जस्तो देखिएन । देउरानी बोल्दा अलिक ठुस्स परेर बोल्ने, जवाफ दिँदा अर्कापट्टी फर्केर झर्केर दिने, अरूसँग कुरा गर्दा हाम्रो माइतीमा त यस्तो छ र उस्तो छ भनेर धाक लगाएर कुरा गर्ने गर्न लागिन् । दुलही बज्यै कुनै काम छुदिनथिन् । रामुको कोठाको बढार कुढार पनि शोभाले नै गरिदिनुपथ्र्यो । दुलही बज्यैको काम जाडोमा कौसीमा गएर घाम तापेर उपन्यास हेर्नु र गर्मीमा पलङमा पल्टेर सुतिरहनु सिवाय अर्को थिएन । कलेजमा विद्यार्थीहरू पढेर फकर्दा र सडकमा जात्रा ल्याउँदा चाहिँ खुब सिगारपटार गरेर झ्यालमा बसिरहन्थिन् । राति चाहिँ लोग्नेसँग खुसखुस गरेर कुरा गरिरहेकी सुनिन्थ्यो । दिक्क भएर अब शोभाले पनि काममा उस्तो जाँगर लाउन छोडिन् ।

प्रश्नहरू :
अ) दुलही बज्जैको चरित्र चित्रण गर्नुहोस् ।
आ) शोभाले काममा जाँगर नगर्नुको कारण के थियो ?

(ख) तलको निबन्धांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
थाङ्काको सुरुवात दसौँ शताब्दीतिरबाट भएको मानिन्छ । त्यति बेला तिब्बत र नेपालका बिचमा स्वतन्त्र रूपमा आवतजावत हुन्थ्यो, सोझो व्यापारिक सम्बन्ध हुन्थ्यो । नेपालीहरू तिब्बतमा व्यापार व्यावसायमात्र होइन, गृहस्थी गरेर बस्थे । त्यतिबेला नेपाल तथा तिब्बतका बौद्धमार्गीहरूमा कपडामा लेखिएको देवताको पूजा गर्ने चलन थियो । पहिले सामान्य कपडामा सामान्य रूपले चित्र लेख्ने गरिन्थ्यो । पछि त्यसलाई टिकाउ र कलात्मक बनाउने क्रममा थाङ्का जन्मियो । तिब्बत र चिनमा नेपाली कलाकारहरूलाई झिकाएर कला सृजना गर्न लगाइयो ।

अ) थाङ्का लेख्ने कपडा कसरी तयार गरिन्छ ?
आ) थाङ्काको जन्म कसरी भयो ?

(क) अ) दुलही बज्जै असत् पात्रका रूपमा परिचत छिन् । उनी बोल्दा अलिक ठुस्स परेर बोल्ने, जवाफ .....

31. समूह ‘क’ मा दिइएका शब्दहरूको अर्थ समूह ‘ख’ बाट पहिचान गरी लेख्नुहोस् :
समूह ‘क’                      समूह ‘ख’

कृतहन                          घिनलाग्दो वस्तु, घृणा उत्पन्न गराउने
अरोग्य                          तला हुने घरको सबभन्दा तल्लो तल्ला, भुइँतल्ला
बीभत्स                         बुहारीको काम वा अभिभारा, बुहारीले गर्नुपर्ने घर धन्दा
छिँडी                             लथालिङ्ग, अलपत्र
बुहार्तन                          फर्केर आउने काम, फर्कने काम
बरियाँत                         रोग नभएको अवस्था, तन्दुरुस्ती
असरल्ल                        गरेको उपकार नदेख्ने वा नमान्ने, बैगुनी
प्रत्यागमन                     बेहुलाका साथ बेहुलीका घर जाने व्यक्ति, जन्ती

समूह ‘क’                        समूह ‘ख’ कृतहन      —————   गरेको .....

क) उपसर्ग : विमति, सुकार्य            प्रत्यय : ऐतिहासिक,सस्कृति वि + मति = विमति    .....

क) हरि आशालाई पढाउँदै छ । ख) हामी नाटक हेर्न जाने छ । ग) हामी गरीबलाई दया गरौँ । घ) आज तिमी घरैमा .....

क) ‘आकर्षण’ को विपरीतार्थी शब्द विकर्षण हो । ख) ‘नवीन’ को पर्यायवाची नूतन हो । ग) .....

बुबाले शिक्षा क्षेत्रमा ठुलो योगदान दिनुभएको थियो । उहाँले शिक्षालाई कसरी अगाडि लैजाँदा .....

समूह ‘क’                                                              .....

                                                      देश .....

38. (क) दिइएका बुँदाका आधारमा छोटो कथा तयार पारी उपयुक्त शीर्षक दिनुहोस् :
एउटा देशका राजा घुम्न निस्कनु .......... एउटै उमेरका उस्तै र उत्रै आकारका सुगालाई पिँजडामा राखेर सुगा बेच्न हिँडिरहेको मानिससँग भेट हुनु .......... सुगाको मोल सोध्नु .......... सुगावालले एउटाको सय रुपैयाँ अर्काको पाँच सय रुपैयाँ बताउनु .......... मोलको अन्तर सुगा किन्नेले आफैँ थाहा पाउँछ भन्नु .......... राजा सुगाहरू लगेर सुत्ने कोठा बाहिर राख्न लगाउनु .......... बिहान एउटा सुगाले मीठामीठा भजन र स्तुती भन्न थाल्नु .......... अर्कोले अश्लील गाली गर्नु .......... सुगाको बोली मीठो र नमिठो भएपछि उनले त्यसको कारण सोध्नु .......... विद्धान्को घरमा पालिएको मीठो बोल्नु मूर्खको घरमा पालिएको नमिठो बोल्नु ।

राजा र सुगा एकादेशमा एक जना राजा थिए । उनी हरेक बिहान आफ्नो राज्यको भ्रमणमा निस्कन्थे । उनले .....

39. दिएको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
बिष वर्षको उमेरमा तिनले गोर्खामा राजदण्ड लिएर राज्य गर्न थाले । राजा हुने बित्तिकै ती मुलुक मार्न हिँडे । वास्तवमा उनको राजत्व काल युद्धको झञ्जा र हुरी बिच बितेको छ । नेपालको मानचित्र बदल्ने तिनै हुन्, नेपालको इतिहासको स्रोत मोड्ने पनि तिनै हुन् । तिनका पराक्रम र पौरखका अगाडि नेपालका टुक्रे राज्यहरू भकाभक ढल्न थाले । पश्चिममा बाइसे र चौबिसे राज्यहरू थिए । काठमाडौँ उपत्यकामा काठमाडौँ, भादगाउँ, कीर्तिपुर र पाटन जस्ता नगर राज्यहरू थिए र पूर्वमा पनि माझ किरात, विजयपुर बेग्ला बेग्लै राज्यहरू छरीएका थिए । आपसमा यिनीहरूको हानथाप थियो । जनताहरू बलिका बोका बनाइन्थे, उनीहरूको अवस्था कहाली लाग्दो थियो । नुवाकोटको विजयबाट उनको ऐतिहासिक अभियान सुरु भयो । नुवाकोटको उर्वर भूमि हात पारेपछि पृथ्वीनारायण शाहलाई अरू ठाउँ हान्न सत्र प¥यो । कीर्तिपुर हात पारेपछि उपत्यका हान्न अब केही रहेन । उपत्यका फुटेको घर न थियो । काठमाडौँ, भादगाउँ र पाटन आपसमा हानथाप गर्थे । एकै गाँसमा पृथ्वीनारायण शाहले यिनीहरूलाई निले । सिङ्गो नेपाल बनाए । यिनले अटुट देशभक्ति दर्शाए । ती नेपाल र नेपालीलाई मात्र प्रेम गर्थे । ती भन्थे विदेशी कपडा लगाउन मनाही गरिदिनू । आफ्ना देशका कपडा बुन्न जान्नेलाई नमुना देखाई सघाउँनू र बुन्न लगाउनू यसो हुँदा नगद विदेश जाँदैन ।

प्रश्नहरू :
क) पृथ्वीनारायण शाहलाई नेपालको मानचित्र बदल्ने राजा भन्नुको कारण के हो ?
ख) पृथ्वीनारायण शाहले राजत्व काल युद्धको झञ्जा र हुरी बिच बितेको छ भन्नुको तात्पर्य के हो ?
ग) काठमाडौँ उपत्यकालाई किन फुटेको घर भनिएको हो ?
घ) नगद विदेश जान नदिन के गर्नुपर्छ ?
ङ) पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व नेपालको अवस्था कस्तो थियो ?

क) पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् । उनले नेपालका टुक्रे राज्यहरू सिङ्गो नेपाल बनाई .....

समूह ‘क’                   समूह ‘ख’ शिखर   —————  पर्वतको .....

उपसर्ग अभि + नय = अभिनय दुस् + कर्म = दुष्कर्म प्रत्यय बोल् + अक्कड = बोलक्कड दृश + अनीय = .....

समूह ‘क’                      समूह ‘ख’ दृढ        ---------------    अचल, अडिग, .....

स्वाभिमान = परम्परा देखि हाम्रा पुर्खाहरूले नेपालको संरक्षण र संवद्र्धन गरेर सिँगारेको .....

क. शक्ति भलिबल खेल्दै छ । ख. माधुरी कथा भन्दै हुनेछिन् । ग. साथीहरू कुराकानी गर्दै हुनेछन् .....

तिर = नामयोगी तर = संयोजन अनौठो = विशेषण मन = नाम पराउँदैनन् = क्रिया नि = .....

है = यति भएपछि मलाई सबै पुग्यो अरू केही चाहिँदैन है । सङ्गीत = खोलानाला र चराहरूको सङ्गीतले .....

उपसर्ग : नि + बन्ध = निबन्ध               प्रति + निधी = प्रतिनिधि प्रत्यय : पुर्खा + यौली = .....

कम्मर कस्नु = निर्मलले उपन्यास लेख्नलाई कम्मर कस्यो । कलकल = जङ्गल नजिकैको खोलामा पानी कलकल .....

इन्द्रका अगाडि स्वर्गको बयान = शस्त्रीय छन्दमा कविताले लेख्ने राष्ट्रकवि माधवप्रसाद .....

तिमी = सर्वनाम राम्ररी = क्रिया विशेषण तर = संयोजक खराब = विशेषण जोगिनुपर्छ = .....