Students and Teachers Forum

क) अ) शल्यक्रिया आ) आशातीत ख) समाजमा विद्यमान कुरीति, अन्धविश्वास र उत्पीडन समाप्त गर्न असल .....

भाइ बिहानै उठ्थ्यो । ऊ नियमित गृहकार्य लेख्थ्यो । उसले आफूभन्दा ठुलालाई माया र सानालाई माया .....

क) तँ घर जा । ख) नानीमाया रामेछाप जान्छिन् । ग) उहाँ पहाडको उकालो बाटोमा हिँड्न सक्नुभएन । घ) तँ .....

ङ) उसले कविता लेखे हुन्थ्यो । च) उनी चर्को स्वरले बोल्छन् । छ) म छोरोलाई डाक्टर बनाउनेछु । ज) .....

5. तलका कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) तलका बुँदाका आधारमा एउटा जीवनी लेखी शीर्षक पनि दिनुहोस् :
नामः लियोनार्दो दा भिन्ची
जन्मस्थानः भिन्ची गाउँ इटाली
पिताः पियारो दा भिन्ची
जन्ममितिः सन् १५०९ 
रुचिः सानै उमेरदेखि प्रकृतिको सुन्दरतामा रमाउने, सर्प, भ्यागुता, गँगटा, छेपाराहरू बटुल्ने, पढाइ लेखाइभन्दा प्रकृतिको निरीक्षणमा ध्यान दिने ।
योगदानः
– १६औँ शताब्दीका महान् कलाकार
– मोनालिसा र अन्तिम रात्रीभोजका स्रष्टा
– वायुयानका परिकल्पनाकार
– वैज्ञानिक, सैनिक प्रशासक, इन्जिनियर,संगीतकार,चित्रकार व्यक्तित्व
– बहुमुखी प्रतिभा, असाधारण व्यक्तित्व
मृत्युः  सन् १५७६, फ्रान्सको पेरिसमा

(ख) छोरीलाई पैतृक सम्पत्तिभन्दा शिक्षाको खाँचो छ भन्ने विषयको पक्षमा गहकिलो तर्क पेश गर्नुहोस् ।

(क) लियोनार्दो दा भिन्ची हरेक मानिसमा कुनै न कुनै प्रतिभा लुकेर बसेको हुन्छ, त्यसलाई बाहिर .....

6. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :
शान्तिको बाटो साह्रै कठिन छ । हिंसात्मक भावनाले सिर्जिएको शान्ति दीर्घजीवि हुँदैन किनकि त्यसमा स्वार्थ, अत्याचार र हिंसाको छाया परेको हुन्छ । त्यसकारण, सर्वप्रथम यो संसारबाट हिंसा, प्रतिहिंसाजस्ता महान् रोगहरूको इज्लास गर्न हामी तम्सिनुपर्दछ । हामी सानातिना कुराको निमित्त झगडा हुनु हुँदैन । हामी आफ्नो स्वार्थलाई हितमा राखेर कुनै काम गर्नु हुँदैन । हामीमा जाति, रङ र उचनिचको भावना आउनु हुँदैन । यसको विपरित वसुधैव कुटुम्बकम्को महान् आदर्शलाई हृदयङ्गम गरेर संसारमा मानवप्रति मानवको प्रेम जगाउनुपर्दछ । मानिसले एकअर्कालाई निर्धन, अर्को आदर्शको वा जातिको भनेर घृणा गर्नु, युद्धलाई प्रोत्साहित गर्नु हो । त्यसकारण, विश्वका मानिसहरू एक भएर आपसमा उब्जने वैमन्स्य आपसी समझदारीले हटाउनुपर्दछ । शिक्षा र प्रतिहिंसाको भावनालाई आफ्नो अन्तस्करणदेखि नै निकालेर फ्याँक्नुपर्दछ । किनभने आज समस्त मानवसमाज युद्ध र शीतयुद्धको छायाँले त्रस्त छ । त्यसकारण, साधुको मात्र होइन, दुर्जनको पनि रक्षा गरेर शान्तिको बाटोमा हिँडाउनुपर्दछ । आफू पनि बाँच्नु र अरूलाई पनि बचाउनु मानव जातको पहिलो आदर्श हो र शान्ति आजको युगको पहिलो माग पनि हो ।

प्रश्नहरू :
(क) हिंसात्मक भावनाले सिर्जिएको शान्ति दीर्घजीवि नहुको कारण के हो ?
(ख) के भयो भने मानवप्रतिको मानवको प्रेम जाग्न सक्दछ ?
(ग) वैमनस्यता कसरी हटाउन सकिन्छ ?
(घ) मानवताको पहिलो आदर्शभित्र कुन कुरा पर्दछ ?

(क) हिंसात्मक भावनाले सिर्जिएको शान्ति दीर्घजीवी हुँदैन किनभने त्यसमा स्वार्थ, अत्याचार र .....

7. दिइएको गद्यांश राम्रोसँग पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
लालकी आमा ढिकीजाँतो गरेर केही कमाउँछिन् । यता जान्छिन् दुई गाग्री पानी ल्याइदिन्छिन्, उता जान्छिन्, भाँडा माझ्छिन् । त्यही कमाइबाट ती दुई आमाछोराको पेट भरिन्थ्यो । साँगुरा गल्लीको थोत्रो घरमा आमाछोराको बास छ । सिङ्गो घर कहाँ हो र ? तल्लो चिसो छिँडी, जहाँ उज्यालो अन्कनाउँदै छिर्छ । आमा पन्ध्र दिनदेखि खाटमा सुत्या सुत्यै छिन्, खोइ उठ्ने नाम पनि नलिने । कहाँ पञ्चक कहाँ तिहार ।

प्रश्नहरू :
(क) अनुच्छेदमा रेखाङ्कित विभक्ति र कारकको नाम लेख्नुहोस् ।
(ख) छिँडी र पञ्चक शब्दको अर्थ लेख्नुहोस् ।
(ग) माथिको अनुच्छेबाट साँगुरो र थोत्रो शब्दको विपरीतार्थक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
(घ) आमाछोराको पेट कसरी भरिन्थ्यो ?
(ङ) आमाछोराको बास कस्तो घरमा छ ?

(क) लालकी = षष्ठी विभक्ति दिनदेखि = पञ्चमी विभक्ति, अपादान कारक (ख) छिँडी = तला हुने घरको सबभन्दा .....

समूह ‘क’                             समूह ‘ख’ असीम    .....

क) हाकिम कार्यालयमा पियनलाई काम गराउँछ । ख) आकाश शर्माले सामान देओस् । ग) तपाईं गाउँ जानुहोस् .....

क) जात्रामा तिमीहरूको नै बाक्लो उपस्थिति थियो । ख) ऊ स्कुल गएको थियो । ग) यो कलम कसको हो ? घ) जोगीले .....

11. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नका उत्तर लेख्नुहोस् :
वैज्ञानिक दृष्टिकोणबाट जौ र जमराको महत्व कम छैन । हिन्दु धर्मशास्त्रमा जैलाई पवित्र वस्तुको रूपमा लिइन्छ । नेपालीहरूको महान् चाड दसैँअन्तर्गत घटस्थापनाको दिन नदी तलाउबाट ल्याइएको शुद्ध बालुवा वा माटोमा प्रकाश नआउने ठाउँमा जौ छरेर जमरा उमारिन्छ । यसरी उमारिएको पहेँलो जमरालाई धर्मशास्त्रमा संवृद्धिको प्रतीक मानिन्छ । जौ निकै पौष्टिक खाद्य पदार्थका रूपमा पर्दछ । यसमा कार्बोहाइड्रेट, प्रोटिनको साथै विभिन्न भिटामिनहरू प्रशस्त मात्रामा पाइन्छ । त्यसैले जौको सातु सबैतिर चर्चित छ । जौ खाद्य सुरक्षाका दृष्टिले मात्र होइन, औषधीय गुणले पनि युक्त छ । धर्मशास्त्रअनुसार देवकार्य तथा पितृकार्यमा जौको विशेष महत्त्व छ । आयुर्वेदिक ग्रन्थमा जौको दाना र जमराबाट गर्न सकिने उपचारका बारेमा व्यापक उल्लेख भएको पाइन्छ । यसले उक्त रक्तचाप, क्यान्सर, मधुमेह, लगायतका रोगीलाई लाभ दिन्छ । जौको जमराको रसले पेटको रोग, छालाको रोग, वायु विकार जस्ता समस्यालाई दूर भगाउँदछ । जमराको रसलाई सौन्दर्य प्रशोधनमा पनि प्रयोग गरिएको पाइन्छ । गाउँघरतिर अहिले पनि दसैँको जमरालाई सुकाएर राखी पेट दुख्दा तथा ज्वरो आउँदा पानीमा उमालेर खाने चलन छ । यसरी धर्मशास्त्रमा अन्नको राजा मानिने जौलाई धार्मिक र पौराणिक हिसाबले मात्र नभई वैज्ञानिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । अतः सम्वृद्धिको प्रतीक मानिने जमरा र जौ मानव स्वास्थ्यका निम्ति ज्यादै गुणकारी मानिन्छ ।

प्रश्नहरू :
क. जौ कसरी उमारिन्छ ?
ख. धर्मशास्त्रमा जौलाई केको प्रतीक मानिन्छ ?
ग. जौ र जमराले केका रोगीलाई लाभ दिन्छन् ?
घ. जौमा कुन कुन तत्वहरू पाइन्छन् ?
ङ. जमराको रसलाई केमा प्रयोग गरिएको पाइन्छ ?

क. घटस्थापनाको दिन नदी तलाउबाट ल्याइएको शुद्ध बालुवा वा माटोमा प्रकाश नआउने ठाउँमा जौ छरेर .....

क) ऊद्वारा धेरै फलफूल खाइन्छ । ख) केटी निकै चलाख रहिछे । ग) शिक्षकले तिनीहरूलाई परीक्षा .....

क) ‘सपूत’ को विपरीतार्थी शब्द कपूत हो । ख) ‘भानु’ को पर्यायवाची रवि हो । ग) .....

क) पुलिसद्वारा चोर समातियो । ख) ऊ घर जान्छ । ग) बुबाले उनीहरूलाई काम लगाउनुहुन्छ । घ) जहाँ .....

15. क) तलका उपसर्ग र प्रत्यय लगाई एक एक शब्द बनाउनुहोस् :
उपसर्गः निर्, वि
 प्रत्ययः ता, आलो

अथवा
तलको अनुच्छेदबाट  उपसर्ग लागेर बनेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी लेख्नुहोस् :
घरायसी कामदारहरूको  हक र हितका निम्ति कानुन बन्नुपर्छ । कानुनले श्रमको संरक्षण दिने काम गरेमा उनीहरूमा सुखदुःखको ख्याल नगरी काम गर्दछन् । कानुन बनाएर श्रमजीवीको मूल्य निर्धारण हुनु आजको आवश्यकता हो ।

ख) तलका शब्दको समास वा विग्रह गर्नुहोस् :
चौबाटो, चौबाटा, रातमा अन्धो

अथवा
तलको अनुच्छेदबाट समास गरिएका एउटा शब्द र विग्रह गरिएको कुनै एक अवस्था पहिचान गरी समस्त शब्दको विग्रह र विग्रहित अवस्थाका शब्दको समास गर्नुहोस् :
गीत र गजलमा तात्विक भिन्नता छ । यसैलाई सैद्घान्तिक रूपमा चिनाउने काम विज्ञहरूको समूहबाट भएको छ । आज यी दुबै विधा लोकप्रिय बन्दैछन् । गजल त युवाहरूको समूहमा झनै लोकप्रिय छ ।

क) उपसर्गः निर्, वि                    प्रत्ययः ता, आलो निर् + योग = नियोग       .....

(क) ‘लक्ष्मीपूजा’ कथाका कथाकार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (जन्म वि.सं. १९७९, असार २६ .....

17. तलका कुनै दुई प्रश्नको उत्तर दिनुहोस् :
(क) तलका कथांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दनुहोस् :
मानले बढाइ चढाइ कुरा गरेको देख्दा र आफू सानो भएको देख्दा लाललाई आफैँ भुइँमा घटे जस्तो लग्यो । तमाखु पसलेको त कुरै के ? ऊसँग सेखी गर्न सकिँदैन भन्ने कुरा लाललाई मात्र होइन, मानलाई पनि थाहा छ । लालको मनमा एउटा युक्ति सुझ्यो । मुखमा आनन्दको आभास छिट्कियो । उसले हात हल्लाउँदै भन्यो, “हामीलाई त हाम्रा माहिला बाले ल्याउनुहुन्छ । माहिला बाको जागिर कहाँ छ थाहा छ ? अड्डामा जागिर । धनी धनी साहु महाजनहरूले पनि कति मान गर्छन् ।” कुराको जबाफ जम्या जस्तो भयो । अरू दुवै जना चुप भए । लालको रबाफ त जम्यो तैपनि उसको हृदय भारी भयो ।

प्रश्नहरू :
(अ) लालको रबाफ जमे तापनि किन उसको हृदय भारी भयो ?
(आ) यहाँ लालको कस्तो मनोवैज्ञानिक चित्रण गरिएको छ ?

(ख) तलका कवितांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
अर्काको भाग खोसेमा डाँका अर्को हुँदैन रे !
आफ्नो भर परे आफैँ लाञ्छनाले छुँदैन रे !!
नआओस् आत्तिने दुःख मात्तिने धन सम्पत्ति
यतिले राम्ररी चल्छ सारा जीवनको गति

प्रश्नहरू :
(अ) कवि कसलाई डाँका भन्छन् ?
(आ) यस कवितांशको मूल भाव के हो ?

(ग) तलका कथांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दनुहोस् :
लाल घुम्दा घुम्दै आफ्नो टोलमा आइपुग्यो । आफ्नो डेराको घरतिर हेर्छ त एकजना मानिस दुई हातमा दुई पोका लिएर घर घुस्यो । ऊ दङ्गदास भएर डेरा तिर दौड्यो । आमा सुतेकी, छिँडीमा हेर्यो । केही छैन । आमा मुखसुख छोपेर पल्टिरकहेकी थिइन्, आमालाई सोध्ने साहस भएन । त्यसै बखत माथिबाट तल ओर्लिरहेको भर्याङ्को आवज आयो । फेरि घरपट्टी भनिरहेकी थिइन्, “खोइ सिन्दुर त छँदै छैन, लौ टिकाको बट्टा खोइ ? आफू जुवा खेलेर अनभरी रहेछ । तपाईँलाई बिनासित्ति दुःख दिएर ।”

प्रश्नहरू  (अ) यस कथाका कथाकार को हुन् ? कथाको शीर्षक कतिको सार्थक रहेको छ ? (आ) कथामा कस्तो सामाजिक अवस्थाको चित्रण गरिएको छ ?

(क) (अ) मानले बढाइ चढाइ गरी लाएको कुराको प्रतिकार स्वरूप आफू पनि ऊ भन्दा .....

18. तलका अनुच्छेद राम्ररी पढी चार ओटा बुँदा टिप्नुहोस् र एक तृतीयांश सारंश लेख्नुहोस् :
लालले कुनै किसिमको नाइँनास्ति नगरी अचार चिउरा खायो । त्यस निराशामय तथा विवश शान्तिमा सन्तोषको आवज आइरहेको थियो । आमा विचार मग्न थिइन् । कुनै सजिव स्मृतिमा डुबेकी थिइन् । खाइपिई सिद्धियो । आमाले लालको मुख हेर्दै भनिन् “लाल, अहिले तेरो बा भएको भए ।” लालले सोध्यो, बाले धेरै रुपिया जितेर ल्याउनुहुन्थ्यो ? आमाले भनिन् “बाले एकचोटी भएभरको रुपिया हार्नुभएको थियो, आमासँग झगडा गरेर कानको सुनसमेत झिकेर लैजानुभयो । त्यो गहना पनि हार्नुभयो अनि घरमा रुन्चे मुख लगाएर आउनुभयो । मैले सम्झाएँ, अब मुख अध्यारो पारेर, रोएर के गर्नु ? हार्ने हारिसक्यौ । मैले लक्ष्मिपूजा सरजाम किन्न भनेर लुकाइराखेको दुई रुपिया बालाई दिएँ । त्यो रुपिया लिएर तिमीलाई कुममा राखेर लैजानुभयो । पूजा सरजाम नकिनी जुवा खेल्नुभएर फेरि सुन फिर्ता ल्याउनुभयो । उल्टै पचास रुपिया जित्नुभयो । बाले दङ्ग हुँदै, खुसीले उफ्रँदै यो लाल सारै छुकी रहेछ । यो पछि धनी हुन्छ भन्नुभयो ।” लालको हृदय खुसीले नाच्न लाग्यो र अहिले नै साथीहरूलाई आफू छुकी भनेर प्रमाणित गर्न उकुसमुकुस लाग्यो । भोलि भयो । जुवा फुक्यो । चारैतिर ताजगी थियो, बजारमा ठेलमठेल मान्छेहरू थिए । पसलेलाई बेच्न फुर्सद थिएन ।

बुँदाटिपोट लालले कुनै किसिमको नाइँनास्ति नगरी अचार चिउरा खाइरहेको, आमाले लालको मुख हेर्दै .....

यदि, लालको ठाउँमा म भइदिएको भए लक्ष्मीपूजा चोरेर गर्दिनँ थिएँ । सबैभन्दा पहिला त बिरामी .....

लक्ष्मीपूजा कथाका कथाकार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (जन्म वि.सं. १९७९, असार २६ काठमाडौँ .....

(क) मलाई मन पर्ने साहित्यकार                                                   .....

समूह ‘क’                                         समूह ‘ख’ कृपावाद      .....

क) अ) सङ्कुचित आ) व्यवधान ख) शुशिलाले छोरालाई भनिन्, “बाबु हिजोआज तिम्रो पढाइमा त्यति .....

क) ‘उत्थान’ को विपरीतार्थी शब्द पतन हो । ख) ‘उपहार’ को पर्यायवाची भेटी हो  । ग) .....

क) भाइद्वारा किताबहरू पढिन्छ । ख) चामे गौँथलीलाई माया गर्दैनथ्यो । ग) दाजुले हरिबहादुरलाई .....

म बिहान ५ बजे उठ्छु । हात मुख धोएपछि आमाले चिया खाजा दिनुहुन्छ । त्यसपछि बहिनी र मिलेर पढ्छौँ .....

क. मुन्द्रे गएको ठाउँमा झगडा हुन्छ । ख. लालचन मिहिनेती किसान हो । ग. औषधी तीतो हुन्छ तर फाइदाजनक .....

समूह ‘क’                                 समूह ‘ख’ कृपावाद  .....

क) दश बजेपछि पढाइ सुरु हुन्छ । ख) औषधी तीतो हुन्छ तर फाइदाजनक हुन्छ । ग) जो विद्यार्थी पढ्न मन .....

‘स्थानीयकरणभन्दा विश्वव्यापीकरण बेस’ विषयक वादविवाद प्रतियोगितामा सम्मानित महोदय, .....

                                                                      .....

                                                          ‘तरवारभन्दा .....

‘स्थानीयकरणभन्दा विश्वव्यापीकरण बेस’ विषयक वादविवाद प्रतियोगितामा सम्मानित महोदय, .....

(क) प्रस्तुत अंश ‘स्थानीयकरणभन्दा विश्वव्यापीकरण बेस’ शीर्षक नामक वाद विवादबाट उद्धृत .....

(क) स्थानीयकरणले स्थानीय भाषा, क्षेत्र, जाति, प्रविधि, सिप, विचारको संक्षण, संवर्धन र विकास गर्दछ .....

36. तलका कुनै दुई प्रश्नको उत्तर दिनुहोस् :
(क) तलको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
लालकी आमा ढिकीजाँतो गरेर केही कमाउँछिन् । यता जान्छिन् दुई गाग्री पानी ल्याइदिन्छिन्, उता जान्छिन्, भाडा माझ्छिन् । त्यही कमाइबाट ती दुई आमाछोराको पेट भरिन्थ्यो । साँगुरा गल्लीको थोत्रो घरमा आमाछोराको बास छ । सिङ्गो घर कहाँ हो र ? तल्लो चिसो छिँडी, जहाँ उज्यालो अन्काउँदै छिर्छ । आमा पन्ध्र दिनदेखि खाटमा सुत्या सुत्यै छिन्, खोइ उठ्ने नाम पनि नलिने । कहाँ पञ्चक कहाँ तिहार ।

प्रश्नहरू :
(अ) आमाछोराको गुजरा कसरी चल्थ्यो ?
(आ) यस अनुच्छेदमा कस्तो परिवेशको चित्रण गरिएको छ ?

(ख) तलका कवितांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
मान्छेहरू,
म माथि गुड, कुद, हिँड
चिप्लेटी खेल, कवाज खेल, गिर खेल
सवारीका साधनहरू र तिमीहरू पनि
रातदिन ताँती बाँधेर गुड
छेकथुन म गर्ने होइन,
यात्रु बाहक बस र माल बाहक ट्रक जुधाउने म होइन
मैले भनेर ट्याङ्करले
बसलाई पास नदिएको होइन
जोगिरमारा, नागढुङ्गा र कुर्लिनघाटबाट
ओडारे भिरबाट बस खसाल्ने म होइन
बेकाल मर्ने यतिका त्रासद मृत्युहरूको म जिम्मेवार छैन
मलाई गाली नगर

प्रश्नहरू :
(अ) कवितांशको मूल भाव के हो ?
(आं सडक केमा जिम्मेवार छैन ?

(ग) तलमका निबन्धांश पढी अन्त्यमा साधिएका प्रश्नमको उत्तर दिनुहोस् :
नेपाल सांस्कृतिक दृष्टिले अत्यन्त समृद्ध छ । नेपालको संस्कृति भनेको विविधतको संस्कृति हो । नेपालमा वेद, पुराण आदि संस्कृति वाङ्मयको अनुसरण गर्ने हिन्दु संस्कृति संसारका विकसित संस्कृति मद्देको एक हो । त्यसतै नेपाल गौतम बुद्धको जन्मभूमि हो र संसारमा लोक प्रिय रहेको बौद्ध संस्कृतिको उद्गम स्थल पनि नेपाल नै हो । त्यस्तै नेपालमा श्रममा आधारित र प्रकृतिलाई पूजा गर्ने आफ्नै प्रकारको मौलिक संस्कृति पनि छ । नेपाल बहु जातीय, बहु धार्मिक, बहु भाषी देश हो । यसैले नेपालको राष्ट्रिय संस्कृति भने विविधताको संस्कृति हो ।

प्रश्नहरू :
(अ) नेपालको संस्कृतिको बारेमा लेख्नुहोस् ।
(आ) सांस्कृतिक वाङ्मय र नेपाली संस्कृतिबिचको कस्तो सम्बन्ध रहेको छ ?

क. (अ) आमाले ढिँकीजातो गरेर, दुई गाग्री पानी ल्याइदिएर, भाँडा माझेर कमाएको पैसाबाट आमाछोराको .....

37. तलका अनुच्छेद राम्ररी पढी चार ओटा बुँदा टिप्नुहोस् र एक तृतीयांश सारंश लेख्नुहोस्ः
मानिस, वस्तु, पुँजी, विचार, प्रविधि, संस्कृति कुनै निश्चित ठाउँ र देशको सीमा नाघेर विश्वभर फैलने अवस्था नै विश्वव्यापीकरण हो । विश्वव्यापीकरणमा संसारका कुनै पनि मानिसका सिर्जना, विचार र नयाँ प्रविधिले सजिलै संसारभरि फैलने मौका पाउँछन् । यसमा मानिस कुनै एउटा देशको नागरिक मात्र होइन पृथ्वीकै एउटा सदस्य बन्छ र त्यसबाट लाभ लिन सक्छ । विश्वव्यापीरणकै कारण अहिले संसारभरिका मानिसले सूचना र प्रविधिको लाभ लिन पाएका छन् । सूचना प्रविधिको विश्वव्यापीकरणले गर्दा संसारभरिका घटना, ठाउँ, जाति, संस्कृतिहरूबारे थाहा पाउन सकिएको छ ।

साथै इमेल, इहेल्थ, इलाइब्रेरी, इलर्निङ, इमार्केटिङ जस्ता सुविधाहरू पाइएको छ । मानिसलाई चाहिने वस्तु, ज्ञान विज्ञान, प्रविधि, पुँजी, श्रम आदि सबै ठाउँमा समान रूपमा पाइँदैनन् । आजको मानिसका असीमित इच्छा र आश्यकताहरूको परिपूर्ति एउटै ठाउँ एउटै देशबाट सम्भव छैन । काम हुने ठाउँमा काम गर्ने मानिस हुँदैनन् । कही मानिसहरू हुन्छन्, काम हुँदैन र बेरोजगार बस्नुपर्ने हुन्छ । विश्वव्यापीकरणसँगै यी समस्या समाधान हुँदैछन् । आज लाखौँ नेपालीहरू संसारका विभिन्न मुलुकमा काम गरिरेहका छन् । 

 

बुँदा टिपोट – मानिस, वस्तु, पुँजी, विचार, प्रविधि, संस्कृति कुनै निश्चित ठाउँ र देशको सीमा .....

38. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएको प्रश्नका उत्तर दिनुहोस् :
सामान्यतया प्राणी जातिको हित विपरीत कुनै पनि कुरालाई झ्वाट्टै विश्वास गर्नु र त्यही विश्वास अनुरूपका कार्य गर्नु अन्धविश्वास हो । अन्धविश्वास मानसिक र सामाजिक रोग हो, जसले महारोग बनेर नेपाली समाजलाई क्षत् विक्षत् पारेको छ । यसले शिक्षित–अशिक्षित, धनी–गरिब, सभ्य–असभ्य सबैलाई छोएको छ । नेपाली समाजमा कतिपय ठाउँमा चुहिएको छानो छाउन साइत हेराउनुपर्छ । चेलीले माइत जान तिथि हेर्नुपर्छ । झाडापखालाले सिकिस्त हुँदा पानी पिउन नदिई देवी देउताको दोष भनी कालो भाले चढाउने परम्परा छ । कसैले कसैलाई हेर्दा बिरामी भएको भनी बोक्साबोक्सीको आरोप लगाउँदै निन्दनीय र अमानवीय कार्य गर्ने चलन छ । यहाँ जसले मन्दिरको गजुर बनाउँछ, ऊ मन्दिर छिर्न पाउँदैन । एक्काइसौँ शताब्दीमा पनि आजको मान्छे शिक्षा र चेतनाको अभावमा अन्धविश्वासको भक्त बनी अकालमै जीवन गुमाउन बाध्य छ । त्यसलाई हटाउनका लागि गाउँगाउँमा शिक्षा र चेतनाको ज्योति बाल्नुपर्छ, उत्तम विचार र प्रगतिशील सोचविचार अनि अग्रगमनको यात्रा चलाउनुपर्छ र यस्ता अमानवीय र निन्दनीय कार्यमा संलग्न जो कोहीलाई पनि कानुनको कठघरामा उभ्याउनुपर्छ अनि मात्र स्वच्छ, सम्मुनत समाजको निर्माण गर्न सकिन्छ ।

प्रश्नहरू :
(क) के कारणले नेपाली समाज क्षत् विक्षत् भएको छ ?
(ख) अन्धविश्वासले क–कसलाई छोएको छ ?
(ग) के कारणले मानिसले अकालमै ज्यान गुमाइरहेका छन् ?
(घ) स्वच्छ र सम्मनुत समाजको निर्माण कसरी गर्न सकिन्छ ?
(ङ) निन्दनीय र अमानवीय शब्दको अर्थ लेख्नुहोस् ।

(क) अन्धविश्वासले नेपाली समाज क्षत् विक्षत् भएको छ । (ख) अन्धविश्वासले शिक्षित–अशिक्षित, .....

39. दिइएको गद्यांश राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
विश्वव्यापीकरणमा नाफाका पछाडि दौडिने सहरी जीवनमा व्यस्त, मेसिन र सूचना प्रविधिमा रमाउने भएपछि मानवीय सम्बन्धहरू कमजोर हुन्छन् । भौतिक वस्तुको बढ्दो मोहसँगै अनि सुविधा भोगी सामानहरूको बढ्दो उत्पादनसँगै मानिस खाने, पिउने, मोजमस्ति गर्ने अर्थात् भोगवादी बन्ने हुन्छ । नैतिक मूल्यमा ह्रास आउँछ । बेरोजगारी बढेपछि चौरी, डकैति, हत्या, हिंसा, अराजकता बढ्छ । यस्तो अवस्थामा हात हतियारले काम गर्दछन् र बलियाहरूको बोलवाला हुन्छ । स्थानीकरणमा भने आफ्नो क्षमताअनुसार जोेसुकैले सानो ठुलो काम पाउने अवस्था हुन्छ ।

प्रश्नहरू :
(क) अनुच्छेदमा रेखाङ्कित विभक्ति र कारकको नाम लेख्नुहोस् ।
(ख) व्यस्त र मोह शब्दको पर्यायवाची शब्दको अर्थ लेख्नुहोस् ।
(ग) माथिको अनुच्छेदबाट कर र तागत शब्दको पर्यायवाची शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
(घ) मानवीय सम्बन्धहरू कसरी कमजोर हुन्छन् ?
(ङ) नैतिक मूल्यमा कसरी ह्रास आउँछ ?

(क) हतियारले = करण कारक, तृतीया विभक्ति जोसुकैले = कर्ता कारक, प्रथमा विभक्ति (ख) व्यस्त = काममा .....

                                                      आफ्नो प्रशंसा गरिदिने .....

समूह ‘क’                                        समूह ‘ख’ तिरस्कार      .....

समूह ‘क’                                        समूह .....

समूह ‘क’                                    समूह ‘ख’ तृण        .....

आफ्नो             विशेषण उन्नति             नाम नै                    .....

क) रेडियोबाट समाचार प्रसारण भएको छ । ख) हिजोआज काठमाडौँको तापक्रम बढ्दै छ । ग) तिमी पनि .....

क) उपसर्ग                                               प्रत्यय अनु + शासित = .....

मानिस वस्तु, पुँजी, विचार, प्रविधि, संस्कृति कुनै निश्चित ठाउँ र देशको सीमा नाघेर विश्वभर फैलने .....

                                                                  देश .....

क) अ) निवारण आ) शक्तिशाली ख) महर्षि हुन् कि माक्र्स हुन्, सन्त हुन् कि सात्र्र, सबै .....

क) ‘उन्नति’ को विपरीतार्थी शब्द अवनति हो । ख) ‘धरा’ को पर्यायवाची पृथ्वी हो । ग) .....