Students and Teachers Forum

प्रस्तुत उद्धरण कक्षा दसको ‘प्रत्यागमन’ कथाबाट उद्धृत गरिएको हो । यस कथाका लेखक .....

समूह ‘क’                        समूह ‘ख’ योग्य        ---------------  सिपालु, .....

3. क) तलको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
एक दिन दुलहीलाई लिएर दाजुभाइको सामान्य हिसाबसँग ठाकठुक पनि भो । रामुले भने, “दाजु, म छुट्टिएर बेग्लै बस्छु ।” रामुको कुरा सुनेर निर्मलले गहभरि आँसु पारेर भने, “पर्खी बा ! एक पटक भाउजूलाई लिएर तिन धाम गरेर आऊँ, अनि छुट्टिएलास् । जिन्दगीभर दुःख गर्दागर्दै बुढो भैहालेँ । भाउजू पनि रोगी छ । हामी दुबै जना उतै मर्यौँ भने तैँले छुट्टिनै परेन । वसुधाको बिहे गर्ने बेला भैसक्यो, उसलाई एउटा बाहुनको छोरा खोजेर जिम्मा लाइदिनू । हरि बालखै छ, उसलाई जे गर्नुपर्छ आफैँ जान्नू, म आफ्ना रापले आफैँ पिल्सिराखेको मान्छेलाई किन घोच्छस् ?” शोभा चाहिँ अर्कापट्टि फर्केर देवर र पतिका कुरा सुन्दै आँसुका थोपा खसाल्दै थिइन् ।

प्रश्नहरू :
अ) निर्मलले कस्तो अवस्थामा रामुलाई छुट्टिनै पर्दैन भने ?
आ) निर्मलको चरित्र चित्रण गर्नुहोस् ।

ख) तलको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
रामुले पनि आफ्ना उपर निर्मल र शोभाले लगाएको ऋणको हिसाब किताब बिर्सेका छैनन् । दाजु भाउजूका प्रति बहुतै आदर र स्नेह गर्थे । यसबिचमा निर्मलका पनि दुई सन्तान जन्मे, छोरी वसुधा र छोरो हरि । उनीहरू आफ्ना बुबाआमालाई कान्छा बुबालाई बढ्ता पछ्याउँथे । रामु पनि दाजुका यी दुई छोराछोरीलाई असाध्यै माया गर्थे । दुवैलाई आफैँ पढाउँथे । हरि राति रामुसँगै सुत्थ्यो ।  कुनै दिन ठट्टा गरेर “आमासँगै सुत्न जा” भन्यो भने ठुस्सिएर झ्यालमा गएर उभिइरहन्थ्यो । अनि रामु हाँस्दै गई बोकेर ल्याएर आफूसँगै सुताउँथे । रामु बाहिर डुल्न जाँदा हरि खुब ठाटिएर जान्थ्यो । साथीहरूले ‘यो को हो ?’ भनेर सोध्दा रामुले ‘छोरा हो’ भनेर उत्तर दिन्थे ।

प्रश्नहरू :
अ) रामुलाई दाजुका दुई सन्तानले पछ्याउनुका कारण के थियो ?
आ) रामुको चरित्र चित्रण गर्नुहोस् ।

क) अ) निर्मल र शोभा तिन धाम गर्न जाँदा उतै मरे भने छुट्टिनै पर्दैन भनेका हुन् । आ) निर्मल भाषा .....

क. केटी बजार गई । ख. तपाईंहरू बसाई सर्नुभयो । ग. मेरा छोराहरु साना छन् । घ. ऊ भाषण सुन्छ .....

प्रस्तुत उद्धरण कक्षा दसको ‘प्रत्यागमन’ कथाबाट उद्धृत गरिएको हो । यस कथाका लेखक .....

6. क) तलको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
एक दिन दुलहीलाई लिएर दाजुभाइको सामान्य हिसाबसँग ठाकठुक पनि भयो । रामुले भने, “दाजु म छुट्टिएर बेग्लै बस्छु ।” रामुको कुरा सुनेर निर्मलले गहभरी आँसु पारेर भने, “पर्खी बा ! एक पटक भाउजूलाई तिन धाम गरेर आऊँ, अनि छुट्टिएलास् । जिन्दगीभर दुःख गर्दा गर्दै बुढो भैहालेँ । भाउजू पनि रोगी छ । हामी दुवै जना उनै मर्‍यौँ भने तैँले छुट्टिने कामै परेन । वसुधाको बिहे गर्ने बेला भैसक्यो, उसलाई एउटा बाहुनको छोरा खोजेर जिम्मा लाइदिनू । हरि बालखै छ, उसलाई जे गर्नुपर्छ आफै जान्नू, म आफ्ना रापले आफैँ पिल्सिराखेको मान्छेलाई किन घोच्छस् ?” शोभा चाहिँ अर्कापट्टि फर्केर देवर र पतिका कुरा सुन्दै आँसुका थोपा खसाल्दै थिइन् ।

प्रश्नहरू :
अ) निर्मलले कस्तो अवस्थामा रामुलाई छुट्टिनै पर्दैन भने ?
आ) निर्मलको चरित्र चित्रण गर्नुहोस् ।

ख) तलको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
रामुले पनि आफ्ना उपर निर्मल र शोभाले लगाएको ऋणको हिसाब किताब बिर्सेका छैनन् । दाजु भाउजूप्रति बहुतै आदर र स्नेह गर्थे । यसबिचमा निर्मलका पनि दुई सन्तान जन्मे, छोरी वसुधा र छोरो हरि । उनीहरू आफ्ना बुबाआमालाई भन्दा कान्छा बुबालाई बढी पछ्याउँथे । रामु पनि दाजुका यी दुई छोराछोरीलाई असाध्यै माया गर्थे । दुवैलाई आफैँ पढाउँथे । हरि राति रामुसँगै सुत्थ्यो । कुनै दिन ठट्टा गरेर “आमासँगै सुत्न जा” भन्यो भने ठुस्सिएर झ्यालमा गएर उभिइरहन्थ्यो । अनि रामु हाँस्दै गई बोकेर ल्याएर आफूसँगै सुताउँथ्यो । रामु बाहिर डुल्न जाँदा हरि खुब ठाटिएर जान्थ्यो । साथीहरूले ‘यो को हो ?’ भनेर सोध्दा रामुले ‘छोरो’ भनेर उत्तर दिन्थे ।

प्रश्नहरू :
अ) रामुलाई दाजुका दुई सन्तानले पछ्याउनुका कारण के थियो ?
आ) रामुको चरित्र चित्रण गर्नुहोस् ।

क) अ) निर्मल र शोभा तिन धाम गर्न जाँदा उतै मरे भने छुट्टिनै पदैन भनेका हुन् । आ) निर्मल भाषा .....

कुपोषण = अधिकांश चेपाङ बालबालिका कुपोषणले गर्दा शारीरिक रूपमा कमजोर छन् । इन्द्रका अगाडि .....

क) सुन्तलीद्वारा चामे र रामे बोलाइएछन् । ख) फुपूले मिठो कविता सुनाइन् । ग) शिक्षकले .....

समूह ‘क’                      समूह ‘ख’ भयावह —————— डरलाग्दो कोसिस .....

क) उपसर्गः अभि, आ                          प्रत्ययः ई, एलु अभि + यान = अभियान          .....

11. तलको अनुच्छेद राम्ररी पढी चार ओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् :
रामु कुर्सीमा बसेर शोभालाई पास भएको विवरण सुनाइरहेका थिए । शोभा कुर्सीपछाडि उभिएर आँखाबाट हर्षाश्रु झार्दै रामुको कपाल सुम्सुम्याइरहेकी थिइन्, आँसुका थोपा रामुको पिठिउँमा खसिरहेका थिए । एउटा साधारण गरिबका छोरोले सफलताका साथ एमएस्सी पास गरेको सुनेर सबैले प्रशंसा गरे । मानिसहरूले विशेष गरेर यसको प्रधान श्रेय निर्मल चन्द्रलाई दिए । महिनाको साठी रुपियाँ खाने भाषा पाठशालाको एउटा मामुली अध्यापकले भाइ, उसमा पनि सौतेनी भाइलाई आफ्नो अनुपम त्याग र तपस्याद्वारा यत्रो उच्च शिक्षा दिलाए भनेर इष्टमित्र सबैमा खुब चर्चा भइरहेको छ ।

मुख्य बुँदाहरू – रामु कुर्सीमा बसेर शोभालाई पास भएको विवरण सुनाउनु, – शोभा आँखाबाट .....

12. दिएको गद्यांश राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
रामु शोभाको सौतेनी देवर हो । शोभा दुलही भएर यस घरमा आउँदा रामु डेढ वर्षको थियो, शोभा सोर वर्षकी थिइन् । त्यसै वर्ष रामुलाई शोभाको जिम्मा लगाएर रामुकी आमा नफर्कने बाटो लागिन् । त्यस बेलादेखि रामुलाई शोभाले नै पालेर हुर्काइन् । अहिले रामु सात वर्षको भयो, शोभा बाइसकी भइन् । घरमा रामु, उसकी भाउजू र दाजु निर्मलबाहेक अर्को कोही प्राणी छैन । रामुको बुबा त ऊ वर्ष दिन नपुग्दै मरिसकेका थिए । आमा पनि डेढ वर्षमा गइहालिन् । अब यस पितृमातृहीन रामुका निम्ति मातापिता शोभा र निर्मल नै हुन् । घरमा उनका लागि सदा बाल साम्राज्य छ । शोभाबाट उनले प्रशस्त मातृत्व सुख पाइरहेको छ । शोभाको यस अलौकिक गुणको प्रशंसा टोल छिमेकीका समस्त नर नारीले गरिरहेका छन् ।

प्रश्नहरू :
क) अनुच्छेदमा रेखाङ्कित विभक्ति र कारक छुट्याउनुहोस् ।
ख) मातृत्व र अलौकिक शब्दको अर्थ लेख्नुहोस् ।
ग) माथिको अनुच्छेदबाट गृह र सम्पूर्ण शब्द पर्यायवाची शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् ।
घ) शोभालाई छिमेकीले प्रशंसा गर्नको कारण के हो ?
ङ) रामुलाई शोभाले कसरी हुर्काइन् ?

क) रामुका निम्ति = चतुर्थी विभक्ति, सम्प्रदान कारक       शोभाबाट = तृतिया विभक्ति, करण कारक ख) .....

13. तलको अनुच्छेद राम्ररी पढी चार ओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् :
रामु कुर्सीमा बसेर शोभालाई पास भएको विवरण सुनाइरहेका थिए । शोभा कुर्सीपछाडि उभिएर आँखाबाट हर्षाश्रु झार्दै रामुको कपाल सुम्सुम्याइरहेकी थिइन्, आँसुका थोपा रामुको पिठिउँमा खसिरहेका थिए । एउटा साधारण गरिबका छोरोले सफलताका साथ एमएस्सी पास गरेको सुनेर सबैले प्रशंसा गरे । मानिसहरूले विशेष गरेर यसको प्रधान श्रेय निर्मलचन्द्रलाई दिए । महिनाको साठी रुपिया खाने भाषा पाठशालाको एउटा मामुली अध्यापकले भाइ, उसमा पनि सौतेनी भाइलाई आफ्नो अनुपम त्याग र तपस्याद्वारा यत्रो उच्च शिक्षा दिलाए भनेर इष्टमित्र सबैमा खुब चर्चा भइरहेको छ ।

मुख्य बुँदाहरू – रामु कुर्सीमा बसेर शोभालाई पास भएको विवरण सुनाउनु, – शोभा आँखाबाट .....

ख) अहो ! ....................................... मतलवी छ ।      प्रस्तुत उद्धरण कक्षा दशको ‘प्रत्यागमन’ कथाबाट .....

15. क. तलको मनोवादको अशं पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
आजका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारीले राम्रो भाषण गर्नुभयो । उहाँले मलाई केन्द्रविन्दु बनाएर आफ्नो मन्तव्य राख्नुभयो । “अपाङ्गता भएकाले हेला र तिरस्कार गर्नु मुख्याईँ हो । अपाङ्गता भएका मानिसमा अरूसरह प्रतिभा र क्षमता हुन्छ भन्ने कुरा कुमार पाठकको आजको सफलताले पुष्टि गर्छ ।” उहाँले यसोभन्दा मेरा आँखा रसाएछन् । “हो, अपाङ्गता हुनाले अरूले भन्दा बढि मेहनत गर्नुपर्ने हुन सक्छ तर मुख्य कुरा इच्छा शक्ति र प्रयत्न हो । इच्छाशक्ति र निरन्तरताको प्रयत्न भएका मानिसले ठुला ठुला उपलब्धि हासिल गर्छ” भन्ने उहाँको भनाइ साँच्चै मननीय लाग्यो ।

प्रश्नहरू :
अ) अपाङ्गहरूलाई हामीले कस्तो व्यावहार गर्नुपर्दछ ?
आ) यो अनुच्छेदको मूल मर्म के हो ?

ख. तलको अनुच्छेद राम्ररी पढी अन्त्यमा सोधिएका प्रश्नका उत्तर लेख्नुहोस् :
नेपालमा  हरेक जाति, समुदायका आफ्ना मौलिक सिप, प्रविधि र उत्पादन छन् । हामीसँग धातु, काठ, बाँस, माटो, पात, कपास आदिका सामान बनाउने आफ्नै प्रकारको सिप र प्रविधि थियो, अझै छ । हाम्रा आफ्नै मौलिकतामा राडी पाखी, गलैँचा, कागज, कपडा, भाँडाकुँडा, मूर्ति आदिको उत्पादन हुने गरेको पाइन्छ । विश्वव्यापिकरणको बढ्दो प्रभावसँगै आयातित उत्पादनको बढ्दो प्रयोगले हाम्रा मौलिक सङ्कटमा पर्दै गएका छन् । यसैले हामीले हाम्रा प्रवर्धन गर्नै पर्ने त्यस्तै मौलिक उत्पादन हो ।

प्रश्नहरू :
अ) नेपालमा कस्ता मौलिक उत्पादनहरू हुन्छन् ?
आ) यो अनुच्छेदको मूल सन्देश के हो ?

क. अ) अपाङ्गहरूलाई हामीले अरू सरह व्यावहार गर्नुपर्दछ । उनीहरू अशक्त भएको कारण हामी अझ सहयोग .....

                                                                      .....

क) अ) विषयवस्तु आ) षड्दर्शन ख) भुँडी जीवनकी निमात्री र विश्वकी अधिष्ठात्री हुन्, जसमा पूजाआजा .....

क) ‘साक्षर’ को विपरीतार्थी शब्द निरक्षर हो । ख) ‘निर्जन’ को पर्यायवाची एकलास हो । ग) .....

क) म यसपालि काठमाडौँ जान्छु । ख) साम्भवीले परीक्षामा राम्रो अङ्क ल्याइनन् । ग) छोरो .....

भाइ तँ बजार जा । बजारमा धेरै समय नबस् । बजारबाट चिनी, केरा, मसला, किनेर ल्याउनू .....

21. क. दिइएका बुँदाको आधारमा छोटो कथा तयार पारी उपयुक्त शीर्षक दिनुहोस् :
एउटा खोलामा ठूलो दह हुनु ........ त्यसमा माछाको ठूलो समूह बस्नु ........ समूहमा एउटा माछो निकै बाठो हुनु ........ अर्को निकै पाको हुनु ........ बाठो चाहिँ अंहकारी हुनु ........ सबै माछाहरूले बाठोले जे भन्यो त्यही मान्नु ........ पाकोको कुरा कसैले नमान्नु ........ एक दिन माझी अन्तैबाट टोकरीभरि माछा मारेर त्यहाँ आइपुग्नु ........ उसले यहाँ त ठूला माछा रहेछन् भोलि आएर माछा मार्नुपर्ला भन्नु ........ त्यो कुरा माछाहरूले सुन्नु ........ बाठो माछाले भोलि आउँछ कि आउँदैन लुकेर हेर्नुपर्छ भन्नु ........ भोलिपल्ट सबै माछाहरू पर गएर लुकेर हेर्नु ........ माझी माछा मार्न नआउनु ........ बाठो माछाले त्यो माझी अब आउँदैन भन्नु ........ अरू माछा ढुक्क भएर उही दहमा फर्किन राजी हुनु ........ पाको माछा त्यहाँ फर्कन नमान्नु ........ ऊ जहिले पनि आउन सक्छ भन्नु ........ बाठो माछाले पाकाको खिल्ली उडाउनु र सबैसित दहमा फर्कनु ........ पाको माछा नफर्कनु ........ भोलिपल्ट माझी तिनचारजना साथी लिएर आउनु ........ दहमा सबै माछा मारिनु ........ पाको माछा नफर्कनु ........ पाको माछा तिनलाई बचाउन नसक्दा दुःखी हुनु ........ पाका व्यक्तिहरूको अनुभवी विचारलाई लत्याउन नहुने सन्देश ।

क. पाकाको कुरा नसुन्दा एउटा खोलामा ठूलो दह थियो । त्यस दहमा धेरै माछाको बस्थे । ती .....

22. क) तलको कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
एकैछिन सोचेर  रामचन्द्रले फेरि भने, “लक्ष्मण तिमीले स्वर्गको बयान सुनेकै हौला । शास्त्रहरूमा वर्णन भएअनुसार सुखै सुखको नाम नै स्वर्ग हो । त्यसैले मानिसहरू मरेपछि स्वर्ग जान खोज्छन् । भाइ लक्ष्मण, संसारमा त्यस्तो स्वर्गभन्दा पनि उत्तम ठाउँ भनेको जन्मभूमि हो । मेरो विचारमा जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन् । यसको मतलब जन्मभूमि भनेर सधैँ त्यहीँ टाँसिइरहनुपर्छ भनेको होइन । सुख र सुविधा र अवसरको खोजी गर्नु मानवीय चरित्र हो, खोज्नु पनि पर्छ । जन्मभूमिलाई नै चटक्क भुल्नु र लत्यायन चाहिँ कदापि हुँदैन । सुख र सुविधाका पछि लागेर जन्मभूमिलाई लात हान्नेहरू असल मान्छे होइनन् । त्यसैले लङ्कामा जतिसुकै वैभव भए पनि, यो हामीले जितेर पाएको भए पनि हाम्रो जन्मभूमि अयोध्याभन्दा प्यारो हुन सक्दैन । भाइ, हामीले हाम्रो जन्मभूमि छाडेको पनि चौध वर्ष हुन लाग्यो । अब हामी अयोध्या फकर्नुपर्छ, हामीले आफ्नै जन्मभूमिलाई स्याहार्नुपर्छ  ।”

प्रश्नहरू :
अ) यो कथाको मूल सन्देश के हो ?
आ) रामचन्द्रको चरित्र चित्रण गर्नुहोस् ।

ख) तलको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
आज लक्ष्मण सारै खुसी छन् । भाउजू सीता अपहरण मुक्त भएकी छन् । लङ्का माथिको विजयी चानचुने सफलता होइन भन्ने लागेको छ । चौध वर्षे वनवासको अवधि पनि पुरा हुन लागेको छ । त्यसो त आफ्नो युगकै सर्वाधिकार वीर भनेर चिनिएका इन्द्रजीतलाई लक्ष्मणले परास्त गरेका हुन् । यी सबै कुरा त छँदै छन्, रावणले मर्ने बेलामा रामसँग भनेको एउटा कुराले उनलाई झन् अपार खुसी दिएको छ । मर्ने बेलामा रामले रावणसित भनेको थियो, “हेर राम, यो युद्ध तिमीले जित्यौ किनकि तिम्रा भाइ लक्ष्मण तिम्रा साथमा थिए । मैले युद्ध हारेँ किनकि मेरो भाइ विभीषण मेरो विपक्षमा थियो ।”

प्रश्नहरू :
अ) प्रस्तुत कथांशको मूल सन्देश के हो ?
आ) लक्ष्मणको चरित्र चित्रण गर्नुहोस् ।

क) अ) जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुने भनेर  मातृभूमिको गरिमालाई बढाइएको पाइन्छ । .....

क) अ) यस कवितांशमा उपकार गरेर दुःख मोचन हुन्छ भनिएको छ । आ) यस कविताको कवितांशमा पृथ्वी नै स्वर्ग .....

24. (क) तलको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
मन्त्रीको दौडाहा हुने आठ दिन मात्रै बाँकी थियो । बाबुसाहेबले लखनउ गएर कोट ड्रइक्लिनिङ गराउने र गर्धनमा धस्केको ठाउँमा रफ भर्न लगाउने निश्चय गरे । खर्चको मोटामोटी हिसाब लगाउँदा यत्तिकैमा चालिस पचास रुपिया जाने भयो । घरका दुई चार जना नोकर, सुसारे र मन परेकी केटीहरूले सुझाव दिए, बर अरू चालिस पचास रुपिया थपेर एउटा नयाँ कोट नै हाले झन बेस । बाबुसाहेबले भने, “सय रुपिया हाल्दैमा नयाँ कोट ! यस कोटको दाँजोमा पुग्ने कुरा के गरी सम्झेका, बडा जान्ने । त्यस्ता त्यस्ता दस ओटा नयाँ कोट भएर पनि यसको अगाडि उभिरहन सक्ने होइनन् । खालि हिफाजतसाथ राख्न नसकेर पो त । पख, मैले जान्या छ, लखनउबाट फर्केपछि हेर्लाऊ ।”

प्रश्नहरू :
अ. बाबुसाहेबले नयाँ कोट किन्न नचाहनुको कारण के हो ?
आ. यस कथामा माउजुङ बाबुसाहेबको कस्तो मानसिक अवस्थाको चित्रण गरिएको छ ?

(ख) तलको कथांश पढी अन्त्यमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
माउजुङ बाबुसाहेबको आतङ्कको प्रतीक त्यो कोट नै थियो । अजय गौरवशाली त्यस कोटबारे कुनै कुरा कोट्याउन कसैको हिम्मत थिएन । कोटको मूल चहकिलो मास रङ आज धुस्रो, फुस्रो र मैलो, विरूप हुन गए पनि साराका आँखामा त्यो चहकिलो मास रङकै देखा पर्दथ्यो ।

प्रश्नहरू :
अ. माउजुङ बाबुसाहेबको कोट केको प्रतीक थियो ?
आ. यस कथाले के कस्तो सन्देश दिएको छ ?

(क) अ. माउजुङ बाबुसाहेबलाई आफ्नो पुरानो कोटप्रति धेरै माया रहेको थियो । सबैभन्दा राम्रो कपडा .....

क. पोहोर दुल्लुमा प्रशस्त सुन्तला फलेका थिए । ख. विदेशीहरू हिमाल चढ्दै थिए .....

क) सरिनाले कम्प्यूटर तालिम लिएकी थिई । ख) उसले किताब लेखेछ । ग) विदेशीहरू हिमाल चढ्दै थिए । घ) .....

                                                                      .....

क. आगो त निभेछ । ख. उसले भगवानको मूर्ति बनाएको थियो । ग. हलमा कार्यक्रम चल्दै थियो । घ. .....

क) उनीहरूले सहयोग गरे । ख) गर्मीले हिउँ पग्लन्थ्यो । ग) पुराना सामान आफैँ राखेस् । घ) उनीहरू .....

                                                                      .....

समूह ‘क’                          समूह ‘ख’ जर्जर                   .....

क. यादव भैँसी चराउँथ्यो । ख. म कथा पढ्थेँ । ग. हुसेनले त कुखुरा पालेछ । घ. सरिनाले कम्प्यूटर .....

क) हुसेनले त कुखुरा पालेछ । ख) वैज्ञानिकहरूले मङ्गल ग्रहको अध्ययन गरे । ग) साथीहरू सडकमा .....

समूह ‘क’                              समूह ‘ख’ तिरस्कार               .....

हिजो                 क्रिया विशेष विद्यालय            नाम हामी              .....

                                                                      .....

‘माउजुङ बाबुसाहेबको कोट’ एक सामाजिक यथार्थवादी कथा हो । यस कथामा नेपालको राणाकालीन .....

क. बहिनी वादविवादमा सधैँ प्रथम हुन्थी । ख. अमिरले मीठो गीत गएको थियो । ग. पासाङ अमेरिका .....

समूह ‘क’                                                            .....

क) ‘आकाश’ शब्दको पर्यायवाची शब्द सगर हो ख) ‘संयोग’ शब्दको विपरीतार्थक शब्द वियोग हो .....

समूह ‘क’                          समूह ‘ख’ अपवाद                 —     .....

समूह ‘क’                                   समूह ‘ख’ पहिचान             .....

समूह ‘क’                             समूह ‘ख’ सयल                   .....

समूह ‘क’                           समूह ‘ख’ भुक्तानी  .....

समूह ‘क’                        समूह ‘ख’ बन्धन    —————— बाँध्ने .....

46. क) तलका उपसर्ग र प्रत्यय लगाई एक एक शब्द बनाउनुहोस् :
उपसर्गः निस्, ना
प्रत्ययः इत, आली

अथवा,
तलको अनुच्छेदबाट उपसर्ग लागेर बनेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी लेख्नुहोस् :
जोकोही पोखरा उपत्यकाको सौन्दर्य देखेर रमाउने गर्छन् । त्यहाँबाट देखिने हिमाल र प्राकृतिक सौन्दर्यको बयान जति गरे पनि सकिन्न । प्राकृतिक संसारमा अनेक दुर्लभ कुराहरू त्यहाँ फेला पार्न सकिन्छ ।

ख) तलका शब्दको समास वा विग्रह गर्नुहोस् :
जीवनका लागि उपयोगी, भान्साघर

अथवा,
तलको अनुच्छेदबाट समास गरिएका एउटा शब्द र विग्रह गरिएको कुनै एक अवस्था पहिचान गरी समस्त शब्दको विग्रह र विग्रहित अवस्थाका शब्दको समास गर्नुहोस् :
पूर्वी तराईका जनतालाई सप्तकोसीमा आएको बाढीले खुबै सताउने गर्छ  । त्यसले धनजनको मात्र होइन, पशु र पन्छीको संसारमा ठूलो समस्या सिर्जना गरिदिन्छ । सप्तकोसीको बाढीले पुर्‍याउने नोक्सानीलाई समयमै रोकथाम गर्न जरुरी छ ।

क) उपसर्गः बयान, दुर्लभ                             प्रत्यय : हिमाली ब + यान = बयान    .....

हाम्रो देश बहुजातीय मुलुक हो । यहाँ २२५ भन्दा बढी जातजातिहरू रहेका छन् । प्रत्येक जातिका .....

ख) प्रस्तुत अशं कक्षा दसको नेपाली पाठ्यपुस्तकको ‘म पनि सक्छु’ भन्ने पाठबाट लिएको हो । यस .....

समूह ‘क’                                  समूह ‘ख’ पेस्की        .....

अनु + भव = भनुभव दुर् + गन्ध = दुर्गन्ध नि + वास = निवास परि + चय = परिचय बद् + मास = बदमास बे + इज्जत = .....